रौतहट, १३ चैत । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनितिक दल, उम्मेदवार, सरोकारवाला निकाय र आमसंचार माध्यमहरुले पालना गर्नुपर्ने आचार संहिता २०७९ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
निर्वाचन आयोग र नेपाल कानून समाजको सहकार्यमा रौतहट सदरमुकाम गौरको शुष्मा प्यालेशमा आईतवार निर्वाचन आचार संहिताको प्रभावकारिता कार्यान्वयन र सरोकारवालाको भूमिका सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलको आय व्यय, निर्वाचन खर्च तथा निर्वाचन प्रचार – प्रसार सम्बन्धी आचार संहिता तथा निर्वाचन आचार संहिता कार्यान्वयन अनुगमन सम्बन्धी व्यवस्था सहित दुई वटा विषय बस्तु माथि प्रकाश पार्दै पूर्व कानुन सचिव माधव पौडेलले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको मापदण्डको परिधी भित्र रहेर निर्वाचनलाई कम खर्चिलो बनाउने कार्यमा उम्मेदवार सहित राजनितिक दलहरुको भूमिका त्यतीकै जिम्मेवारी पूर्ण हुने बताए ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको निर्वाचन आयोग अवधारणलाई पुरा गराउन सबैको त्यतीकै दायित्व रहने छ । यदी तोकिएको मापदण्ड बाहिर गई निर्वाचनलाई भडकिलो बनाउने कार्य भएको पाइएमा वा आचार संहिता विपरित ठहर भएमा अनुगमन अधिकारीहरु स्थलगत रुपमा कानुनी रुपमा दण्ड जरिवाना गराउन सक्ने अधिकार प्रत्योजन गरिएको छ । सोही बमोजिम स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन हामी सबैको कत्तव्र्य रहेको उनले स्पष्ट पारे ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णदत्त गौतम र नागरिक सम्बाद केन्द्र मधेश प्रदेशको प्रमुख रेखाकुमारी झाले निर्वाचन अचाचार संहिताका प्रमुख विषयहरु र सरोकारबालाहरुको संग भुमिका सम्बन्धमा प्रकाश पारे ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरण बनाउन स्थानीय प्रशासनले कुनै कसर बाँकी नराख्ने, जनताहरु स्वस्फूर्त रुपमा घरबाट मतदान केन्द्र सम्म गएर मताधिकारको प्रयोग गर्ने वातावरण रौतहटमा रहेको बताए । सम्वेदनसिल र अति सम्बेदनसिल मतदान केन्द्रहरुमा विशेष सुरक्षा व्यवस्थपन गरिने स्पष्ट पारे ।
गौर नगरपालिकाको उपमेयर किरण ठाकुरले निर्वाचनमा आफू विचार लिएर जनता समक्ष जानेछु, हामी पैसा दिदैनौं, विचार जितेपछि जनताहरु अनावश्यक रुपमा दुख पाउदैनन, पैसामा मतदान दिदा पाँच बर्ष सम्म विभिन्न समस्याहरु झेल्नुपर्ने भएको हुँदा विचारको लडाई लडेमा आचार संहिता र निर्वाचनको उद्देश्य पुरा हुने बताए । मदिरालाई निर्वाचन अवधिभरी बन्द गर्नुपर्ने सुझाव दिइन ।
जिल्ला समन्वय समितिको सभापति रामएकवाल राय यदावको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा यमुनामाई गापा प्रमुख श्रीप्रसाद मुखिया, जिल्ला निर्वाचन अधिकृत छोटेलाल दास, नागरिक समाजको प्रतिनिधिहरु, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा, शिक्षक विन्दा साहनी, संचारकर्मीहरु प्रविण टिब्डेवाल, अभिमन्यु पटेल, कृषि वैज्ञानिक श्रीभगवान ठाकुर, सुरक्षा निकायका प्रहरी उपरिक्षक विनोद घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्की, मुकुण्ड खडका सहित कानुन व्यवसायी लगायतका विभिन्न क्षेत्रका व्यत्तित्वहरुको उस्थिति रहेको नेपाल कानुन समाजको सदस्य सरस्वती श्रेष्ठले जानकारी दिइन ।