सर्लाही बस दुर्घटना समाचार अपडेट
बस दुर्घटनामा परेर मृत्यु भएको चार मध्ये २ को सनाखत

   १३ चैत्र २०७८, आईतवार १८:२३  

सर्लाही, १३ चैत । सर्लाही बस दुर्घटनामा परेर मृत्यु भएको चार जना मध्ये दुईको पहिचान भई सनाखत भएको छ ।
मृतकमध्ये सिन्धुलीको तिनपाटन गाउँपालिका–२ घर भएकी ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको हो । प्रहरीका अनुसार मृतक श्रेष्ठ तीन महिने सुत्केरी हुन् । दुर्घटनामा उनकी तीन महिने छोरी अवासी श्रेष्ठ भने सामान्य घाइते मात्र रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । तिन महिने नवजात बच्चीको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेको बताइएको छ ।
अझै एक महिला सहित दुई मृतकको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरुको पहिचान खुलाउने प्रयास भईरहेको छ । मृतक ४ जनाकै शव पोष्टमार्टमका लागि मलंगवा स्थित अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परेर बसका चालक सहित ३२ जना घाइते भएको प्रहरीले भएका थियो । बाराको कलैया उपमहानगरपालिका–१२ निवासी घाईते बसका चालक ४८ वर्षीय ज्योतिप्रसाद साहको प्रहरी निगरानीमा उपचार भईरहेको डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
घाईतेमध्ये गम्भीर १० जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवास तर्फ थप उपचारका लागि पठाईएको छ भने सामान्य घाईते २२ जनाको भने लालबन्दी र रानिगंज, हरिवनका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको उनले बताए ।
फुलजोर पुल साँघुरो हँुदा विपरीत दिशाबाट आइरहेको टाटासुमोलाई साइड दिन खोज्दा बस पुलबाट तल खसेको दुखद दर्घटना भएको छ । दुर्घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

घाईत र मृतकको नामावली यसरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै