चिनियाँ विदेशमन्त्री वाङ यी तिन दिने भ्रमण सकेर स्वदेश फर्किए

   १३ चैत्र २०७८, आईतवार १८:४०  

काठमाडौं, १३ चैत । तिन दिने नेपालको भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् चिनियाँ विदेशमन्त्री वाङ यी ।
चिनियाँ विदेशमन्त्री वाङ यी २५ सदस्यी भ्रमण टोली सहित तिन दिने नेपाल भ्रमणमा गत शुक्रवार काठमाडौ आएका थिए ।
चिनियाँ विदेश मन्त्री यी राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेका थिए । शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गरेका थिए । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ गएका थिए ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल भए । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।
विदेशमन्त्री वाङले भेघअघि दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थिति बारे जानकारी समेत लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै