अविश्‍वास प्रस्‍तावलाई लम्‍ब्याउने दाउमा इमरान खान

   १३ चैत्र २०७८, आईतवार २०:३७  

यितेन्‍द्र शर्मा
पाकिस्तानको सत्ताधारी तहरिक —ऐ— इन्‍साफ पार्टीका अध्‍यक्ष तथा देशका प्रधानमन्‍त्री इमरान खानले आफ्‍नो सरकारमाथि लागेको अविस्‍वाश प्रस्‍तावलाई तुहाउन अथवा त्‍यसलाई लम्‍बयाउन अनेकौ प्रयत्‍न गरिरहेका छन तर चाहेर पनि यसमा बढी सफल हुन सक्‍दैनन किनभने त्‍यहाँको सर्वोच्‍च अदालतले पनि यस प्रकरणमा आफ्‍नो निगरानी शुरु गरेको छ र यस प्रकरणमा अदालतमा दिनहु सुनुवाई हुनेछ इमरान खान कुनै पनि वेला राजिनामा गर्न सक्‍नेछन ।
सत्ताधारी दलका सांसदहरुले आफ्‍नै पार्टीका सरकारको विरुद्धमा मतदान गर्न नसकुन र सत्ताधारी दलका सांसदहरुले आफ्‍नै पार्टीका सरकारका विरुद्धमा मतदान गर्ने अवस्‍था आए तिनको सदस्‍यता नै समाप्‍त हुने विषयमा नियमित रुपमा सुनुवाई शुरु भएको छ । ज्ञघ चैत्रमा प्रधानमन्‍त्री इमरान खानको सरकार माथि अविश्‍वास प्रस्‍तावमा छलफल हुने र ज्ञड चैत्रमा मतदान हुने संमभावना रहेको छ । प्रधानमन्‍त्री इमरान खानको मन्‍त्रीमण्‍डलका कतिपय सदस्‍यहरुले आफुलाई गोप्‍य ठाउँमा सुरक्षित महसुस गर्नुको अर्थ इमरान खान पुर्ण रुपले संसद भित्र अल्‍पमतमा पर्नु हो । उनले कुनै पनि बेला पदबाट राजिनामा गर्नुको विकल्‍प देखीदैन ।
पाकिस्तानी राजनितिको एउटा यथार्थ यो पनि हो कि यहाका प्रायः सबै जसो शाशकहरुलाई छिमेकी राष्‍ट्र भारतसित सुमधुर तथा सकारात्‍मक सम्‍बन्‍ध राख्‍नु पर्ने कुराको अनुभुती त्‍यति बेला मात्रै हुन्‍छ जति बेला ति शाशकहरु पदबाट हटिरहेका हुन्‍छन। पाकिस्‍तानी राजनितिको एउटा कठोर सत्‍य यो पनि हो की त्‍यँहा कुनै पनि जननिर्वाचित शाशक त्‍यँहाका सेनाको इच्‍छा विपरीत सत्तामा बस्‍न सकेका छैनन । आउदो नोभेम्बर मा पाकिस्‍तानका वर्तमान सेना प्रमुख जनरल कमर जावेद वाजबाको म्‍याद सकिरहेको छ तर प्रधानमन्‍त्री इमरान खान तीनको म्‍याद थप गर्ने पक्षमा छैनन । जवकी इमरान खान सरकारका अधिकाशं मन्‍त्रीहरु भन्‍ने वाजवाको कार्यकाललाई बढाउने पक्षमा हुन । केही अघि मात्रै इमरान खानले भारतको असंलग्‍न परराष्‍ट्रनितिको प्रशंसा गर्दै त्‍याहाँका सेना पनि राजनितिसित मतलब नराख्‍ने गरेकोमा प्रशंशा गरे ।
साढे सात दशक अघि धर्मको आधारमा देशको विभाजन भएपछि पाकिस्‍तानमा लोकतन्‍त्र, धर्म निरपेक्षता तथा सामाजिक सद्‍भावको निम्‍ती ठाउं रहेन अहिले सम्‍म उसले अधिकांश समय सेना कै शासनलाई झेल्‍दै आएको छ । आर्थिक रुपले कमजोर हुन पुगेको पाकिस्‍तान सामु अनेकौ चुनौती रहेका छन । हालै इस्‍लामीक सहयोग संगठन आई।ओ।सि। को बैठक पाकिस्‍तानमा गराएर प्रधानमन्‍त्री खानले आफ्‍नो सरकारको आयुलाई लम्‍बयाउने प्रयास गरे तर पनि सफल हुने संम्‍भावना छैन । सन् द्दण्ज्ञड को निर्वाचनबाट सत्तामा आएका इमरान खानलाई त्‍यहाँको सेनाले पनि अप्रत्‍यक्ष रुपमा सहयोग गरेको थियो तर उनी सेनाको चाहना अनुसार सरकार चलाउन सकेनन । हाल सत्ताधारी दल तथा तीनका सहयोगी दुई दर्जन सांसदहरु सरकारको विपक्षमा देखिएका छन र यो संख्‍या बढदै गएको छ तसर्थ प्रधानमन्‍त्री इमरान खानको सरकार निकै असुरक्षित अवस्‍थमा रहेको छ र उनले राजिनामा गर्नुको विकल्‍प छैन ।
संकटका बेला उनले भुतपुर्व सेना प्रमुख राहील सरिफको समर्थन लिने प्रयास गरे तर सफल हुन सकेन । सेनाप्रमुख वाजवाले उनलाई पदबाट राजिनामा गर्न संकेत गरेपछी उनले आईओसिको बैठक बोलाए तर त्‍यसबाट पनि लाभ भएन । पाकिस्‍तानको नेशनल एसेम्‍बलीमा सरकारलाई ज्ञठद्द सासंदको समर्थन चाहिन्‍छ तर उनीसित आवश्‍यक संख्‍या देखिदैन । उनी संसद विघंटन गरी चुनावको पनि सिफारीस गर्न सक्‍छन । उनकै दलका नेता जाहांगीर तरिन ज्ञछ जना सांसदहरु सहित सरकारको विरोधमा छन । सभामुख असद कैसरले द्दछ मार्चमा शक्‍ती परिक्षण हुने घोषणा गरेका थिए तर त्‍यसलाई लम्‍बयाई दिएका छन । अब द्दड मार्चबाट संसदको बैठक शुरु भई घज्ञ मार्च सम्मा यसको टुङ्गो लाग्‍ने निच्‍शित छ ।
प्रधानमन्‍त्री का समर्थक राष्‍ट्रपटी डा।आरीफ अल्‍बी सविधांनको धारा टघ ए र धारा ज्ञडट को उपयोग गरेर सरकार विरुधी सांसद माथि दलबदलको कार्यवाही गरी तिनको सदस्‍यता समाप्‍त गर्ने प्रयास गर्ने छन तर यो संम्‍भव छैन । पाकिस्‍तानका पत्रिका “द डन” का अनुसार एकातिर पाकिस्‍तानको सर्वोच्‍च अदालतमा सर्वोच्‍च अदालतका वार एसोसिएसन एकाई द्धारा सरकारमाथि लगाईएका विभिन्‍न आरोपहरुको छानविन भईरहेको छ भन्‍ने अर्कोतिर सरकार माथि सांसदमा अभिस्‍वासप्रस्‍ताव दर्ता भएको छ । यी दुईको लडाईमा प्रधानमन्‍त्री इमरान खान सफल हुने संम्‍भावना कम देखिन्‍छ । संसद भवन भन्‍दा पहिले कतै अदालतमा नै बास्‍तविक लडाई हुने त होईन भन्‍ने आशंका पत्रिकाको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै