रौतहट, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चाँडै देउवा सरकारमा सहभागी हुने भएको छ ।
जनता समावादी पार्टीबाट विभाजन भई गठन भएको लोसपा पुन ः एकपटक देउवा सरकारमा सहभागी हुने लागेको श्रोतबाट बुझिएको हो । देउवा नेतृत्वको सरकारमा सहभागी हुनकालागि लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको छ । सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा वृहद छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको बताइएको छ । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने भनिरहेका छन् । त्यो प्रस्तावमा समेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती नेताको भनाइ छ ।
पार्टीबाट निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताइएको छ । अहिलेको रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छ । यी दुइटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित नै रहेको देखिन्छ । तर लोसपा आएको खण्डमा मन्त्रिमण्डल पुनर्गठन गरेर जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ । लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन