सस्तोमा रुसी तेल किन्ने भो भारत, चिनले पनि छुटमा तेल लिने

344 Shares

नयाँ दिल्ली, १४ चैत । रुसले युक्रेन माथि आक्रमण गरेछि मार्चा देखि भारतले रुसी तेलको आपूर्ती बढाएको छ ।
नयाँ दिल्लीले मास्कोबाट अझै सस्तोमा तेल लिने भएको औद्योगिक अवलोकनकर्ताहरुले बताए । चीन पहिला देखि नै रुसी तेलको सबैभन्दा ठूलो एक अरिदकर्ताको रुपमा रहेको हो । चिनले पनि रुसबाट व्यापक छुटमा धेरै तेल किन्ने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।
यसको अर्थ अन्य मुलुकमा कच्चा तेलको मूल्य उच्च हुन सक्छ । प्रमुख तेल आयातकर्ता मुलुकहरु भारत र चीन कच्चा तेलको उच्च मूल्यबाट प्रभावित भइरहेका छन् । मूल्य गत वर्षदेखि नै वृद्धि भइरहेको थियो । पछिल्ला साताहरुमा तेलको मूल्य अस्थिर भएसँगै यो १ वर्षभन्दा अगाडिको तुलनामा ८० प्रतिशत हाराहारीमा उच्च रहेको छ ।
“चीन र थोरैमात्र बढी भारतले पनि ठूलो छुटमा रुसी कच्चा तेल किन्ने कदम अगाडि बढाउन सक्छ,” केप्लरमा प्रमुख तेल विश्लेषक म्याट स्मिथले बताएका छन् । यो रुसी तेल छोड्ने प्रमुख विश्व शक्ति र कम्पनीको बयानबाजीसँग बिलकुल विपरित हुने छ । युक्रेनमाथि रुसको आक्रमणलाई आधार मान्दै अमेरिकाले रुसको उर्जामा प्रतिबन्ध लगाएको छ ।
बेलायतले पनि वर्षको अन्त्यमा यस्तै गर्ने योजना बनाएको छ । युरोपेली संघले पनि रुसी उर्जा किन्न वा नकिन्ने बिचार बनाइरहेको छ । तर रुसले पनि अधिक मात्राको तेल बिक्री गर्न असफल हुने भएपछि प्रतिबन्धले बजारमा खाली ठाउँको स्थान लिने विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार