जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्ताली बन्नेट कोरोना भइरसबाट संक्रमित भएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले सोमवार जारी गरेको वुलेटिन अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंगकन संगको भेटवार्ता भए लगतै उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिट इजरायलको जेरुसेलममै भएको थियो । उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।
उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए । घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।
एजेन्सी