376
Shares
किव । युक्रेनकी उपप्रधानमन्त्री इरयाना वेरेशचुकले रुसले चेर्नोविल स्थित पावर स्टेशनमा गैर जिम्मेवारयुक्त व्यवहार गरेको आरोप लगाएकी छिन् ।
चेर्नोबिल दुनियाँको सबैभन्दा भयंकर परमाणु दुर्घटनाको साक्षी रहेको छ । यो परमाणु संयन्त्रमा रुसले युक्रेनमा २४ फेब्रुअरीमा भएको हमलापछि तुरुन्त कब्जामा लिएको थियो ।
उप्रधानमन्त्री वेरेशचुकले रुस चेर्नोबिलमा भारी सैन्य उपकरण जम्मा गरेर खतरनाक आणविक दुर्घटनाग्रस्त क्षेत्रलाई थप खतरनाक बनाएको बताएकी छिन् । उनले रुसमाथि दमकलकर्मीलाई परमाणु पावर प्लान्टमा लागेको आगोलाई निभ्न नदिएको पनि आरोप लगाएकी छिन् ।
उनले भनिन्, “आणविक सुरक्षाको सन्दर्भमा यो एक अव्यवसायिक र गैरजिम्मेवारी पूर्ण व्यवहार गरेको हो जसले युक्रेनलाई मात्रै नभई लाखौँ युरोपेलीहरुको जीवनलाई गम्भीर रुपमा खतरामा पार्न सक्छ ।”