तालिबानी हुकुमरानको नयाँ नियम महिला पुरुष एक साथ अम्युजमेन्ट पार्कमा जानमा रोक

441 Shares

काबुल । अफगानिस्तानमा रहेका तालिबानी शाषकले नयाँ निजय लगाउदै महिला र पुरुष एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ ।
समाचार एजेन्सी स्पुतनिकले जनाए अनुसार, नयाँ नियम अनुसार अब पुरुष बुधबार देखि शनिबार र महिला आइतबार देखि मंगलबार मात्रै अम्युजमेन्ट पार्कमा जान सक्ने तालिवानी शाषकले नयाँ नियम जारी गरेको हो ।
यसका साथै, तालिबानका लडाकु यदि अम्युजमेन्ट पार्कमा जान्छन् तब उनीहरुलाई आफूसँग हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख छ । रिपोर्टका अनुसार तालिबान अन्तर्राष्ट्रिय मान्यताका लागि यस्ता खालका निर्णय जारी गरेर आफ्नो नरम छवी पेश गर्न चाहेको बताइएको छ ।
तालिबानका प्रवक्ताको सोसल मिडिया पोस्ट
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोसल मिडियामा भने, “इस्लामिक इमिरेट्सको मुजाहिदिनको हतियार, सैन्य वर्दी र वाहनसहित अम्युजमेन्ट पार्क जान अनुमति हुने छैन । उनीहरु पार्कका सबै नियमको पालना गर्नका लागि बाध्य छन् ।”
शिक्षामा पनि तालिबानको बाधा
अगस्ट २०२१ मा अफगानिस्तान माथि कब्जापछि तालिबानले महिलाको शिक्षा र स्वतन्त्रताको विषयमा थुप्रै बचन दिएका थिए । त्यसपछि तालिबान आफ्नो पछिल्लो आदेशको विपरित यसपटक महिला अधिकार प्रति नरम छवि राख्ने अनुमान लगाइएको थियो । यद्यपि, अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन ।
यहाँ अघिल्लो हप्ता बुधबार मात्रै पहिलो पटक महिलाको स्कूल खोलिएको थियो तर केही घण्टापछि नै तालिबानले स्कुललाई पुन ः बन्द गर्न आदेश जारी गर्यो । त्यतिबेला तालिबान प्रवक्ता इनामुल्ला समागनीले भने, “आदेशपछि विद्यार्थीमा भ्रम पैदा भएको थियो । हामी यो मान्छौँ कि यो कदमले छात्राको शिक्षाको विषयमा प्रश्न भने पक्कै पनि निम्त्याउँछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार