zoominfo login page - zoominfo login page teams zoom app working with zoom app download zoom to desktop download zoom attendance

गतल प्रक्रिया बाट स्थायी नियुक्ति लिएका ठाकुर र भेडियर विरुद्ध अदुआको अनुसन्धान जारी

   १४ चैत्र २०७८, सोमबार १६:३९  

प्रक्रिया नै पुरा नगरी तत्कालिन बसविटी जिगडिया गाविसबाट स्थायी लिएका नायव सुब्बा राजबहादुर ठाकुर र कार्यालय सहयाक महेन्द्र राउत भेडियर को कागजातहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा अनुसन्धानको क्रममा रहेको छ ।
२०७१ साल भदौं ३० गते तत्कालिन बसविटी जिगडिया गाविसको पदपुर्ती समितिको अध्यक्ष मदनप्रसाद पालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला विकास समितिको अधिकृत हेमराज फुयाल, शालिक राम दहाल र गाविस सचिव नन्दकिशोर चौधरी नाम उल्लेख भएको पत्रमा बाट विज्ञापन नम्वर १ मा राजबहादुर ठाकर र विज्ञापन नम्वर २ मा महेन्द्रराउत भेडियर छनौट भएको सिफारिस गरिएको देखिन्छ तर लोकसेवा आयोग मध्यमाञ्चल हेटौडाको प्रतिनिधि दहालको हस्ताक्षर नहुँदा प्रक्रिया गलत भएको प्रष्ट हुन्छ

अबैध रुपमा भएको नियुक्ति प्रकरण


गलत प्रक्रियाबाट ठाकुर र भेडियरको नाम सिफारिस भएपछि केही व्यक्तिहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा उजुरी दिएपछि नियुक्ति प्रक्रिया छानविन एवं अनुसन्धान कार्य सुरु भएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट दुबै कर्मचारीको नियुक्त दिइएको प्रक्रिया सहितको नियुक्ति पत्र सक्कल पठाउन माग भएपछि बसविटी जिगडिया गरुडा नगरपालिकामा मर्ज भएपनि नगरपालिकामा कुनै कागजातहरु नरहेपछि नियुक्ति प्रक्रियाको छानविन नगरपालिकाबाट पनि सुरु गरिएको श्रोतले बतायो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा सक्कल कागजातहरु पेश नभएपछि तत्कालिन पदपूर्ती समितिका अध्यक्ष पाल, गाविस सचिव चौधरीलाई उपस्थित हुन झिकाएका थिए । पदपुर्ती समितिका अध्यक्ष पालले दिएको वयानमा आफूले कुनैपनि नियुक्ति दिन सिफारिस नगरेको हुँदा सरकारी गवाह बन्न तयार रहेको जवाफ दिएर उनी सरकारी गवाह समेत बनेको ति श्रोतको दाबी छ । अर्को तर्फ तत्कालिन गाविस समिति सेवा निवृत भईसकेका चौधरीले समेत मेरो किर्ते हस्ताक्षर गरेको वयान दिए । गाविस मर्ज हुँदा खेरी गरुडा नगरपालिकालाई दिएको कर्मचारीहरुको लिखित पत्रमा ठाकुर र भेडियरको नाम नरहेको तथा पछिबाट मेरो किर्ते हस्ताक्षर गरी कार्यालयको छाप समेत दुरुपयोग गरेर बुझाएको उनको कथन रहेको छ ।
दुबैजनाको स्थायी नियुक्ति दिनका लागि सिफारिस गरिएको पत्र फेला परेको छ तर तत्कालिन समयमा स्थानीय स्वायत्त शासन प्रणाली २०५६ को नियम २१५ र २१६ अनुसार कुनैपनि पदपुर्ती समितिमा लोकसेवा आयोगको प्रतिनिधि अनिवार्य रुपमा राखिनुपर्ने प्रावधान भएपनि त्यसबैठकमा लोकसेवा आयोग मध्यमाञ्चल हेटौडाको कर्मचारी शालिकराम दहालको नाम लेखिएपनि उनको हस्ताक्षर नरहेको प्रमाण फेला पर्दा उक्त नियुक्त गलत प्रक्रियाद्धारा भएको श्रोतले बतायो ।
विभिन्न समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कल पत्र माग गर्दा समेत अटेरी गर्दै आएको ठाकुर र भेडियर संग गरुडा नगरपालिकाले सक्कल नियुक्ति पत्र माग गर्न लिखित र मौखिक रुपमा पटक पटक माग एवं स्पष्टिकरण साध्दा समेत नदिएपछि गत साता दुबै कर्मचारीलाई निलम्बन गरिएको थियो ।
निलम्बन भएको साता दिन नबित्दै पुन ः दुबै जनाको निलम्बन फुकुवा गरुडा नगरपालिकाले गरिदिएको छ । त्यस सम्बन्धमा गरुडा नपाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले मेयरको अत्याधिक प्रेशर थेग्न नसकेर दुबै जनाको निलम्बन फुकुवा गर्नुपरेको बताए । मेयरले दिएको लिखित पत्रको आधारमा उनीहरुको फुकुवा गरेका हौं, दुबै जना संग कयौं पटक कागजात र स्पष्टीकरण सधे पछि बल्ल निलम्बन गरेका थियौं तर निर्वाचनको मुखमा निलम्बन गर्दा मेयर सावलाई क्षति हुने भन्दै बाध्यतावस फुकुवा गर्नुपरेको उनले विवशता सुनाए ।
यसैविच श्रोतका अनुसार प्रक्रिया मिचेर नायव सुब्बा पदमा जागिर खादै आएको ठाकुर र निजको बुवा काठमाडौ देखि लिएर जिल्ला सम्ममा मोटो रकम दिएर सबै चाँजोपाँजो मिलाएको हुँदा केही फरक पर्ने वाला छैनन् चारै तिर भनिरहेको छ । अबैधानिक तवरबाट नियुक्ति लिने तर बैद्य कुरा गर्दा नियमनकारी निकायले अवश्यक सत्यको पक्षमा निराकरण गर्ने छ, ढिलो हुन्छ तर दुरुष्त हुन्छ ति श्रोतले तराई टपलाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै