प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ देखि तिन दिने भारत भ्रमण जानुहुदै

काठमाडौं, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको तिन दिवशिय भ्रमणको शिलशिलामा चैत १८ नयाँ दिल्लीको लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा औपचारिक रुपमा प्रधानमन्त्री बनेपछि देउवा भारतको भ्रमणमा जान लाग्नु भएको कार्यक्रम परराष्ट्र मन्त्रालयले जनाएको हो ।
प्रधानमन्त्री देउवा संग भारतीय प्रधानमन्त्री मोदी बीच चैत १९ गते हैदरावाद हाउसमा भेटवार्ता हुने छ । भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार संग भेटघाट गरिने तय गरिएको छ ।
यसैगरी भारतीय व्यवसायीहरुलाई चैत २० मा प्रधानमन्त्री देउवाले सम्बोधन गरेर वाराणासीको भ्रमण गर्दै स्वदेश फर्किने छ । भ्रमणमा प्रधानमन्त्री संगै श्रीमती आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, मन्त्रीहरु र सचिवहरु पनि सहभागी हुने मन्त्रालयद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।