मोटरसाइकल दुर्घटनामा परेर सर्लाहीमा दुई युवकको मृत्यु

   १५ चैत्र २०७८, मंगलवार १४:१७  

सर्लाही, १५ चैत । सर्लाहीको कविलासी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर दुई जना युवकको मृत्यु भएको छ ।
कविलासी नगरपालिका १० सलेमपुरमा सोमवार दिउसो भएको मोटरसाइकल दुर्घटनमा परेर गम्भीर घाइते भएको युवकको पनि मृत्यु भएको हो । दुर्घटनामा परेर दुबै युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
गम्भीर घाइते मलंगवा नगरपालिका–३ का २६ वर्षीय मकबुल लहरी सफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए । सफीलाई मलंगवा स्थित प्रादेशिक अस्पतालबाट थप उपचारका लागि वीरगंजतर्फ लगिएको मृत्यु भएको थियो ।
सोमबार दिउँसो साँढे १ बजे सलेमपुरको बाटो भएर बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल कविलासी नगरपालिका–१०, सलेमपुरमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । अत्यन्त तिब्र गतिमा रहेकाले मोटरसाईकल विजुलीको पोलमा ठोक्किएर उक्त दुर्घटना भए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मलंगवा नगरपालिका–३ का २७ वर्षीय तौखिन मिकरानीलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याउने वितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै