कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी जयशंकर विच भेटवार्ता

324 Shares

रौतहट, १५ चैत । परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेट वार्ता भई रामायण सर्किटको प्रगतिमा ध्यान दिन दुबै देशविच सहमती भएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा बिमेस्टेक राष्ट्रहरुको परराष्ट्रमन्त्री स्तर भेलाको क्रममा मंगलवार मन्त्री खड्का र जयशंकर विच भेट वार्तामा भएको हो ।
भेटवार्ता भएको सम्बन्धमा ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कासँगको कुराकानी फलदायी रहेको बताए । कनेक्टिभिटी, ऊर्जा, कृषि र स्वास्थ्य लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
साथै रामायण सर्किटको प्रगतिमा ध्यान दिन दुवै देश सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार