श्रीलंकामा चरम आर्थिक संकट, विरामीको शल्यक्रिया रोकियो, भारतले आवश्यक सहयोग गर्ने

299 Shares

कोलम्बो, १५ चैत । श्रीलंकाको पेराडेनिया शिक्षण अस्पतालमा औषधीको अभावमा विरामीहरुको शल्यक्रिया रोकिएको छ ।
पेराडेनिया शिक्षा अस्पतालका निर्देशक एचएम अर्जुना तिलकरत्नेले “हामी संग रहेको औषधीको स्टक हेदा आकस्मिक सेवामा आउने विरामीको ज्यान बचाउनका लागि मात्रै भएको हुँदा पूर्व निर्धारित शल्यक्रियाहरु हालको लागि रोकेका छौ” उनले भने ।
स्वास्थ्य सामग्री उपलब्ध गराउने निकायमा यसवारे जानकारी गराइसकेको बताउदै उनले श्रीलंकामा औषधीको चरम अभावमा शल्यक्रिया रोकिएको खवर सार्वजनिक भएपछि भारतीले औषधीको आवश्यक सहयोग गर्ने तयारीमा जुटेका खवर प्राप्त भएको उनले भने ।
उनले स्वास्थ्य सामग्री उपलब्ध गराउने निकायमा यसबारेमा जानकारी गराइसकेको बताए ।
बिमेस्टेक सम्मेलनमा श्रीलंका पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले भारतका उच्चायुक्तलाई यसबारेमा छलफल गर्न र त्यसबारेमा भारतले के सहयोग गर्न सक्छ भन्ने बारेमा बुझ्न भनेका छन् ।
विदेशी मुद्राको संचिती घट्दै गएपछि श्रीलंका गम्भीर आर्थिक संकटमा फसेको छ र त्यहाँका साढे २ करोड नागरिकमा यसको प्रत्यक्ष रुपमा असर परेको अन्तरराष्ट्रिय समाचार ऐजेन्सीहरुले जनाएको छ । आर्थिक संकटकै कारण कागज किन्न नसकेपछि यसअघि श्रीलंकामा ४५ लाख विद्यार्थीहरुले परीक्षा दिनबाट बंचित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार