पोल्याण्डमा पुटिन विरुद्ध दिएको अभिव्यक्तिको अमेरिकामा स्पष्टिकरण दिए वाइडेन

   १५ चैत्र २०७८, मंगलवार १५:५७  

अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणको क्रममा रुसी राष्ट्रपतिलाई लक्ष्ति गरेको दिएको अभिव्यक्तिको स्पष्टिकरण दिनुपरेको छ ।
रूसले युक्रेनमाथि जारी राखेको आक्रमणबारे युरोपियन युनियन र उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूसँग छलफल गर्न बाइडेन गत साता तीन दिने युरोप भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा बाइडेन पोल्यान्डको राजधानी वार्सा पनि पुगे । त्यहाँ उनले युक्रेनी शरणार्थीहरूसँग भेटघाट गरेको थियो । वार्सामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा बस्न नसक्ने बताएका थिए ।
बाइडेनको उक्त अभिव्यक्ति सँगै मस्को र वासिङ्टनमा मात्र होइन अन्य युरोपेली मुलुकमा पनि तरंग आएको थियो । केहीले बाइडेनको आलोचना पनि गर्न भ्याए । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रूसी राष्ट्रपति जनताले चुनावबाट छान्ने भन्दै रूसमा को राष्ट्रपति हुने भन्ने कुरा बाइडेनले निर्णय गर्न नसक्ने बताएको थियो ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले बाइडेनको भनाइको तात्पर्य पुटिनलाई सत्ताबाट हटाउनु नभई उनले छिमेकीमाथि आक्रमण गर्ने नसक्ने अर्थमा रहेको बताएका थिए । बेलायत, फ्रान्सजस्ता मुलुकले पनि बाइडेनको भनाइमा समर्थन जनाएका थिएनन् । पोल्यान्डमा दिएको उक्त अभिव्यक्ति बारे बाइडेनले वासिङ्टनमा पनि स्पष्टिकरण दिनु परेको छ ।
सोमबार ह्वाइटहाउसमा संवाददाताहरू सँग कुरा गर्दै बाइडेनले आफूले उक्त कुरा व्यक्तिगत रूपमा भनेको र रूसको सत्ता पल्टाउने नीति अमेरिकाको नरहेको न्युयोर्क टाइम्समा उल्लेख छ । बाइडेनले पुटिन सत्तामा रहन सक्दैनन् भन्ने आफनो अभिव्यक्तिमा आफू अझै पनि दृढ रहेको पनि बताए ।
युक्रेनी शरणार्थीलाई भेटेपछि पुटिनले गरेको कार्यप्रति आफूमा आक्रोश आएकाले उक्त कुरा भनेको उनले बताएका छन् । त्यसको अर्थ पुटिनलाई सत्ताबाट निकाल्नुपर्छ भन्ने नहुने बाइडेनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै