कौडेना गाउँपालिकामा अख्तियारको छापामारी जारी

   १५ चैत्र २०७८, मंगलवार १६:०५  

सर्लाही, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासको टोलीले कौडेना गाउँपालिकामा छापामारी गर्ने क्रम जारी राखेको छ ।
मंगलवार १ बजे अदुअआ वर्दीवासको टोली कौडेना गाउँपालिकामा छापा हानेर उजुरी परेको आधारमा कार्यायलको महत्वपूर्ण कागजाहरु नियन्त्रणमा लिने क्रम जारी रहेको श्रोतले बताएको हो ।
. कौडेना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र लेखापाल हरिनारायण साहसँग अनियनिमितता सम्बन्धमा अहिले सोधपुछ भइरहेको छ । अहिले गाउँपालिका वरिपरि सुरक्षा व्यवस्था बाक्लो पारिएको छ । गाउँपालिकाको कार्यालय भित्र प्रवेशमा रोक लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै