गरिव निमुखा जनताको भान्सामा जाने खाद्यान्न झाझ खोलामा फालिएको प्रमाण फेला परे

   १५ चैत्र २०७८, मंगलवार १६:४८  

गरुडा (रौतहट), १५ चैत । गरिव, असहाय, निमुखाको भान्सामा जाने खाद्यान्न गरुडा नगरपालिकाले भण्डारण कक्षमै सड्न लगाएर झाझ खोलामा फालिएको प्रमाणहरु फेला परेका छन् ।
गत फागुन २४ गते राति नगरबासी मस्त निन्द्रामा रहेको वेला कमिशनमा पल्किएका जिम्मेवार पदाधिकारीहरु रातारात भण्डारण गरिएका खाद्यान्न सामग्री ट्रेक्टरमा बोकेर मह्म्मदपुर ब्यारेज भन्दा उत्तर तर्फ फालेको समाचार तराई टप अनलाइनले प्रकाशन गरेका थिए । उक्त समाचार प्रति कतिपयले टिकाटिप्पणी समेत गरेको थियो ।

गरिव, असहाय, निमुखा जनताहरु नाममा भित्याइएको खाद्यान्न सामग्री लक्ष्ति वर्गको भान्सामा नपुग्दै गत फागुन २४ गते राति नगरबासी मस्त निन्द्रामा रहेको वेला कमिशनमा पल्किएका जिम्मेवार पदाधिकारीहरु रातारात भण्डारण गरिएका खाद्यान्न सामग्री ट्रेक्टरमा बोकेर मह्म्मदपुर ब्यारेज भन्दा उत्तर तर्फ फालेको प्रमाणहरु फेला पर्न थाले ।


तर ब्यारेजको ढोका खोलिएपछि फालिएको बोराहरु बाहिरिदा प्रमाण जनताहरु समक्ष छलंग भएको छ । कोभिडको समयमा जनताहरुलाई राहत दिने उद्देश्यबाट बढि कमिशनको भरमा गरुडा नगरपालिकाको स्वघोषित मेयर अनिल यादव र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम र जिन्सी प्रमुख विनोद दासको गोप्य रुपमा खाद्यान्न सामग्री भण्डार गरेको श्रोतले बतायो ।
आफू निकटको मानिसहरुलाई दिएर बचेका खाद्यान्न सामग्रीहरु गरिव, निमुखा, असहायहरु भोकभोकै कोभिडमा बस्न बाध्य भए तर कमिशनमा पल्किएका जनताको सेवक भनाउने हुकुमरानहरुले भण्डारण कक्षामा कुहिदै गरेको खाद्यान्नको वास्नाबाट सबैले थाहा पाउँछ भन्दै मध्य राति झाझ खोलामा लगेर फालेका थिए । तर तराई टपको विशेष श्रोतले सोही दिन रातिमै तस्वीर तान्न सफल भएका थिए ।
फागुन २७ गतेको तराई टपमा प्रकाशित भएको समाचारमा भनिएको थियो, यदी सम्बन्धित निकायले खोजविन गर्यो भने प्रमाण भेट्छ । महम्मदपुर स्थित ब्यारेजको ढोका खोल्यो भने फालिएको बोराहरु फेला पर्ने समेत ति श्रोतले दाबी थियो । तर त्यस्ता कार्यको छानविन गर्न कुनैपनि निकायले चासो देखाएनन । यसरी जनताको करबाट आएको राजस्वलाई समेत जनप्रतिनिधिहरु यस्तो किसिमको गैर जिम्मेवारी पूर्ण कार्य गर्दा कसरी पत्याउने हो ति श्रोतले प्रश्न चिन्ह समेत खडा गरेको थियो ।
गरुडा नगरपालिकाको निमित्त कार्यकारी प्रमुख रामबाबु यादव, मेयरपुत्र एवं आफूलाई गरुडा नपाको भावी मेयरको रुपमा प्रस्तुत गर्दै आएको अनिलकुमार यादव र जिन्सी प्रमुख विनोद दासले गरिव असहाय जनतालाई दुई छाक टार्ने बहानामा कमिशनको भरमा ल्याइएको कमसल एवं गुणस्तरहिन खाद्यान्न सामग्री गोदाममै कहिदै गएपछि उक्त कार्यको पोल खुलिहाल्छ भन्ने सोचबाट ओतप्रोत भई रातारात झाझ खोलामा फालेर चोखिन खोजेको तर गलत कार्य गर्ने व्यक्तिहरुको पहिचान आज फेला परेको दसी प्रमाणबाट पुष्टि भएको श्रोतले बतायो ।
एका तिर जनताको करबाट संचित भएर आएको बजेट कुम्ल्याउने अर्को तिर जसपा नेपालबाट मेयरको निर्वाचन हेर्ने अनिल यादव दिवास्वप्न हेरिरहेका छन् । गरुडा नपाको जनताहरु कमिशनमा पल्किएका व्यक्तिहरुलाई आउदो स्थानीय तहको निर्वाचनमा पत्याउदैनन जनताको सेवक भएर लागेमा बल्ल मौका दिने गरुडाबासीहरु भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै