सर्लाहीको कौडेना गाउँपालिकामा अख्यितरको छापा, कागजातहरु नियन्त्रणमा

   १५ चैत्र २०७८, मंगलवार १७:४२  

सर्लाही, १५ चैत । सर्लाही जिल्लाको कौडेना गाउँपालिका कार्यालयमा मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ ।
आयोग कार्यालय बर्दिवासबाट आएको टोलीले आज दिउँसो दक्षिणी भेग कौडेना गाउँपालिका कार्यालयमा छापा मारेको हो ।
चालु आर्थिक वर्ष २०७८÷०७९ मा कोरोना भाइरसको संक्रमणका कारण अति प्रभावित विपन्न परिवारलाई आर्थिक सहायता रकम वितरण गर्दा हिनामिना भएको उजुरीका आधारमा गाउँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको श्रोतले बताएको छ । अख्तियारको टोलीे गाउँपालिका कार्यालयबाट आर्थिक सहायता वितरण सम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएर गएका छन् ।
कोरोनाबाट समस्यामा परेका विपन्न परिवारलाई प्रति परिवार १० हजार को दरले नगदै वितरण गरिएको कागजात बनाईएपनि विपन्न परिवारहरुले आफूहरुले उक्त रकम नपाएको भन्दै अख्तियारमा दिएको उजुरी पछि अख्तियारको टोलीले छानविनका लागि कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास श्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै