राष्ट्रपति विरुद्ध अभद्र नारा लगाउने पूर्व माओवादी नेतालाई प्रहरीले खोजी कार्य गर्दै

603 Shares

काठमाण्डौं, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिहरुलाई खोजी गर्नमा प्रहरी सक्रिय भएको छ ।
संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो ।
गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले काठमाण्डौमा गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको थियो । गृह मन्त्रालय पुगेर महिला नेतृहरुले कारबाहीको माग समेत गरेका थिए । राष्ट्रपतिविरुद्ध अशोभनीय नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिइसकेको छ ।
स्रोतका अनुसार त्यसरी नाराबाजी गर्ने व्यक्ति पूर्वमाओवादी समूहको नेताहरु बुझिएको छ । प्रहरीका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दार्चुला, मार्मा गाउँ कमिटीका अध्यक्ष नरबहादुर विष्टले अभद्र नारा लगाएको खुलेको छ । विष्ट माओवादीका तर्फबाट राष्ट्रिय युवा संघका सदस्य समेत रहेको प्रहरीको दाबी छ । विष्ट अहिले राजधानी काठमाडौं छाडेर भागिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार