pcr test bergen op zoom afspraak maken zoom app australia download zoom for pc windows 10 64 bit zoom cloud meetings windows 10 download basic instructions for joining zoom meeting zoom downloas zoom zoom zoom download

नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनाए ६७ औं स्थापना दिवश

   १६ चैत्र २०७८, बुधबार १७:३६  

रौतहट, १६ चैत । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको अवसरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले विचार गोष्ठी गरेर धुमधामको साथ स्थापना दिवश मनाएका छन् ।


महासंघको शाखा कार्यालय गौरको सभाकक्षमा बुधवार “स्थानीय तहको निर्वाचनमा पत्रकारको भुमिका” विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले स्थानीय तहको निर्वाचनलाई सभ्य, भव्य, मर्यादित, अनुशासित बनाउन पत्रकारहरुको भुमिका अति नै महत्वपूर्ण रहनेछ । कसैको पक्ष वा विपक्षमा नलागि भयरहित, विवादरहित स्थानीय तहको निर्वाचन सम्पन्न गराउनमा पत्रकारहरु अगाडी देखिनै माहौल सृजना गर्नुपर्ने आवश्यक्ता महसुस गरे ।
समाजिक संजाललाई दुरुपयोग गर्दै कसैको पक्ष र विपक्षमा अनावश्यक टिकाटिप्पणी विरुद्ध निर्वाचन आयोगले आचार संहिता जारी गरिसकेको अवस्थामा त्यसलाई अध्ययन गरेर सोही अनुसार कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिए ।


नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य शिवबहादुर पुरीले स्थानीय तहको महान पर्व नजिकिदै जाँदा हामी संचारकर्मीहरु झन् मर्यादित, अनुशासित भई समाचार सम्प्रेशन गर्नुपर्ने गहन जिम्मेवारी आइसेकको छ, त्यस गहन जिम्मेवारीलाई दुरुपयोग गर्दै कतिपय साथिहरु समाजिक संजालको माध्यमबाट उम्मेदवार बनाउने, जिताउने, हराउने जस्ता क्रियाकलापहरु देखापरेकोमा चिन्ता व्यक्त गरे । यस्तै गतिविधिको कारण केही संचारकर्मीहरु विरुद्ध उजुरी समेत परेको छ । सजग सर्तक भई पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निर्वाह गरिएन भने भोली हुने परिणामको भागिदार स्वंयम हुनुपर्ने चेतावनी समेत उनले दिए । स्थापना दिवशको सबै संचारकर्मीलाई बधाई र शुभकामना दिए ।


सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका गणपति एवं एसपी ध्रुबबहादुर कार्कीले पत्रकार समाजको अभिन्न अंग हो, पत्रकारको कलमको लेखाईबाट जस्तो सुकै परिवर्तन विगतमा आएको छ, त्यसलाई सहि दिशामा सदुपयोग गरेर आउन लागेको स्थानीय तहको निर्वाचन र परिणाम सार्वजनिक नभए सम्म संयमित भएर समाजले पचाउने खालको संदेश सुचनाहरु प्रवाहित गर्नुपर्ने सुझाव दिदै स्थापना दिवशको बधाई शुभकामना दिए ।


जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले निर्वाचन आयोगद्धारा स्थानीय तह सम्बन्धि आचार संहिता जारी गरिसकेको छ, पत्रकाहरु समाजको आइनाको रुपमा रहेको हुँदा विभिन्न राजनितिक दलहरु निर्वाचनमा भाग लिईरहेको परिवेशमा निषेधित गरेको कार्यहरु भेटाएमा अनुगमन समिति वा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराएपछि ति दल वा उम्मेदवार विरुद्ध गरेको कसुर अनुसार कानुनी कारवाही हुने बताए ।
उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पंडित जयसवाल, राजपुर नपाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा र पत्रकार प्रभातकुमार झाले निर्वाचन आचारसंहितको पूर्ण पालना गर्दै कसैको पक्ष वा विपक्षमा नलागी सत्य तथ्य समाचार सम्प्रेशन गरेर समाजलाई सहि मार्ग तर्फ अग्रसर गराउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको जिल्ला सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रविण शर्माले स्वागत गरेका थिए भने कोषाध्यक्ष धर्मेन्द्र साहले उदघोषण गरेको थियो । स्थापना दिवशमा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

महिला पत्रकार विणा सम्मानित


सोही कार्यक्रममा संचारिका समूहद्धारा स्व. उमासिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी विणा श्रीवास्तवलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रमेचन्द्र झाले माला लगाएर र प्रजिअ शाहीले गम्छा ओढाएर सम्मानित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै