पुर्व पश्चिम राजमार्गको कालिञ्जोर पुल छ्उमा कार दुर्घटना, १ को मृत्यु ५ घाईते

823 Shares

सर्लाही, १७ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाही लालबन्दी नगरपालिकामा बुधवार राति भारतीय नम्वरको कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बीआर ०६ बीएम १५३७ नम्वरको भारतीय नम्वरको कार गएराति १० बजेको समयमा लालबन्दी नगरपालिका वडा नम्वर १७ स्थित कालिञ्जोर पुल छेउमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच भारतीय नागरिक घाईते भएको हो ।
भारतको सोनवर्षाबाट मलंगवा नाका भएर नेपाल भित्रिएको कार नवलपुर हुँदै पूर्वतर्फ जाँदै गरेको अवस्थामा पुर्व पश्चिम राजमार्गमा पर्ने कालिञ्जोर पुल छेउमा दुर्घटना भएका थिए । दुर्घटनामा कार चालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी २ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । गम्भीर घाईते यादवलाई उपचारका लागि गढिमाई अस्पताल लालबन्दी पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उक्त कार दुर्घटनामा मृतक चालककै गाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय उमेश भन्ने दिवयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरङ्गी भन्ने शौरव यादव र भारत मुजफ्फरपुर रामनगर १ बस्ने २५ वर्षीय अजित यादव घाइते भएका छन् । उनीहरुमध्ये २७ वर्षीय अतुल कुमारको अवस्था गम्भीर रहेको उनले भने । घाइते पाँचै जनाको गढिमाई अस्पताल लालबन्दीमा उपचार भईरहेको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा अत्याधिक तिव्र गतिमा गुडिरहेको कार विपरीत लेनमा सडकबाट दक्षिणतर्फ १० फिट तल खसेर दुर्घटना भएको डिएसपी बुढाथोकीले बताए । घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले उनले भने ।
तिन दिन अघि वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका यात्रुबाहक बस फुलजोर पुलमा टाटा सुमोलाई साइड दिने क्रममा पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएका थिए । ३२ जना घाईतेहरुलाई सर्लाही, वीरगंज, जनकपुर र काठमाडौंमा उपचार जारी रहदै पुन कार दुर्घटना भएपछि ट्राफिक प्रहरीको निगरानी फितलो भएको चौतर्फी आरोप अहिले लागिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार