क्रेनको ठक्करबाट सर्लाहीको राजघाटमा एक छात्राको मृत्यु

सर्लाही, १७ चैत । सर्लाहीको वागमती नगरपालिकाको राजघाटमा क्रेनको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।
विहिवार दिउसो वागमती नगरपालिका ७ राजघाट अन्तर्गत पर्ने नेमी चोक नजिक विद्यलय तर्फ हिडेकी १७ बर्षिया छात्रालाई ठक्कर दिदा उनको मृत्यु भएको हो ।
घरबाट नव जन जागरण माविमा अध्ययनका लागि साईकलबाट जाँदै गरेकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । विद्युत पोल बोक्ने क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । आक्रोशित गाउँलेले क्रेनमा केही तोडफोड गरेका छन् भने आगो लगाउने समेत प्रयास गरिदा प्रहरीले अराजक कार्य गर्न नदिएको प्रहरीले जनाएको छ ।