प्रधानमन्त्री ओलीको समर्थनमा राजधानीमा प्रदर्शन

   १९ पुष २०७७, आईतवार १५:२२  

काठमाण्डौं, १९ पुस । नेकपा ओली समूहका अनेरास्ववियूले आईतवार राजधानीमा प्रदर्शन गरेका छन् ।
काठमाडौंका विभिन्न कलेजहरुबाट आएको विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएका नारा जुलुस सहित प्रदर्शन गरेका हुन् ।
मण्डलाबाट कार्की ब्याङ्क्वेट सम्म सडकमा प्रदर्शन गरिएका थिए । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ ।


भेलालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । पार्टी विभाजन पछि ओली लगातार राजधानीमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै