प्रहरी प्रधान कार्यालय पदास्थापन भएका एसपी प्रसाईलाई विदाई

राधेश्याम कुश्वाहा
सर्लाही, १७ चैत । प्रहरी प्रधान कार्यालयले ५ महिनाको सानो अवधीमै सर्लाहीबाट हेर्डक्वाटरमा तालिएका एसपी कृष्णप्रसाद प्रसाईलाई विहिवार कर्मचारी मिलन केन्द्र सर्लाहीले भेरी भेटौला भन्दै विदाई कार्यक्रम गरे ।
राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट कर्मचारी मिलन केन्द्र, सर्लाहीले एसपी प्रसाईंको राष्ट्रसेवक कर्मचारी प्रतिको दृष्टिकोण, समाजमा विद्यमान विकृति विसंगति न्यूनीकरण गर्दै शान्ति र सुशासन कायम गर्ने अठोट, कर्मचारी मिलन केन्द्रसँगको सकारात्मक र रचनात्मक हातेमालो, प्रहरी संगठन प्रतिको आस्था, प्रहरी कर्मचारी प्रतिको माया ममता प्रति आभार व्यक्त गर्दै आगामी कार्यकाल सुखद एवं संगठन प्रति कत्तव्र्यनिष्ठ बनोस भन्दै बधाई तथा शुभकानामा दिएको मिलन केन्द्रका सचिव सुनिल कुश्वाहाले बताए ।
सो क्रममा एसपी प्रसाईंले आफ्नो कार्यकालमा आवश्यक सहयोग गर्ने जिल्ला सुरक्षा समिति, प्रहरी, राष्ट्रसेवक कर्मचारी, मिलन केन्द्र परिवार, संचारकर्मी, सरोकारवाला, सर्लाहीवासी सबैप्रति आभार व्यक्त गरे ।
प्रजिअ थानेश्वर गौतम, नेपाली सेनाका सेनानी अभिषेक कार्की, सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानको उप निर्देशक चन्दन कुमार झा, केन्द्रका सचिव सुनिल कुशवाहा, सदस्य प्रअ राज कुमार थापा, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य ई.शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, चन्द्रकान्त झा, मुकेश कुमार यादव, विश्वनाथ यादव, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियोे । एसपी प्रसाईलाई जिम्मेवारी खोसेर प्रहरी हेर्डक्वाटर र सर्लाहीमा प्रविण पोखरेललाई जिम्मेवारी दिइएको छ ।
