एआईजी बढुवा प्रति असहमती प्रकट गर्दै डिआईजी कार्कीद्धारा सर्वोच्चमा रिट दर्ता

   १७ चैत्र २०७८, बिहीबार १७:४६  

काठमाडौं, १७ चैत । नेपाल प्रहरीको तिन जना अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भई दर्जयौनी चिन्ह लगाइसकेका एआईजी विरुद्ध विहिवार सर्वोच्च अदलातमा रिट दायर भएको छ ।
नेपाल सरकारले तिन जनालाई डिआईजीबाट एआइर्जमा बढुवा गरेपछि प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिआईजी त्रय बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्जयौनी चिन्ह लगाएको केही वेर पछि बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले डीआईजी कार्कीको रिट दर्ता भएको पुष्टि गरे । उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै