प्रधानमन्त्री देउवा भारत प्रस्थान

414 Shares

काठमाडौं, १८ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री देउवा भारतीय समय अनुसार दिउसो २.३० बजे नयाँ दिल्ली स्थित इन्दीरा गान्धी अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण भई चाण्क्यपुरी स्थित आईटिसी मोर्य होटलमा बस्ने कार्यक्रम तय गरिएका हुन् ।
देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँ दिल्ली स्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार