विदाई र स्वागत साथ साथै

355 Shares

राधेश्याम कुशबाहा
सर्लाही, १९ चैत । नापी कार्यालय, सर्लाही , मलंगवाका प्रमुख नापी अधिकृत नसीमुल गनी सेवा निवृत्त भएकाे छ ।

कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रम आयोजना गरी बाराको वसतपुर गापा–३, निवासी सेवा निवृत्त प्रमुख नापी अधिकृत गनीलाई विदाई गरेको हो।

केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा अध्यक्ष रामदरेश राय यादवले संयुक्त रूपमा कदर पत्र, माला, अविर तथा गम्छा ओढाएर विदाई गर्नु भयो ।
वि.सं. २०५१ बाट निजामती सेवा प्रवेश गरेका प्रमुख नापी अधिकृत गनीले आजदेखि सेवा निवृत्त भएका हुन् ।

उहाँले करिव २७ वर्षको लामो समय नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही काम गरेका थिए । उनी शालीन, स्वच्छ, सरल, सभ्य, मेहनती, बौद्धिक एवं सजग व्यक्तित्वका रुपमा परिचित थिए ।
सो कार्यक्रममा केन्द्रका संरक्षक एवं प्रजिअ गौतम तथा केन्द्र का अध्यक्ष यादवले कोष तथा लेखा नियन्त्रण कार्यालय, सर्लाहीको प्रमुख कोष नियन्त्रकको भर्खरै जिम्मेवारी पाउनुभएका जीवन राज पुरीलाई अविर, माला र गम्छा ओढाएर स्वागत गरे ।

कार्यक्रममा आकर्षक व्यक्तित्व प्रमुख नापी अधिकृत गनीले जागिरे जीवनको भोगाइका कुरा राख्दै कुशलतापूर्वक सेवा निवृत हुन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सेवा निवृत प्रनाअ गनीको दीर्घायु, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । त्यसैगरी प्रमुख कोष नियन्त्रक पुरीको सफल कार्यकालको शुभकामना दिए ।

केन्द्रका अध्यक्ष रामदरेश राय यादवले सेवा निवृत प्रनाअ गनीको सेवा निवृत जीवन समाजसेवामा समर्पित होस् भनी कामना गर्दै भर्खरै प्रमुख कोष नियन्त्रक जीवन राज पुरीको सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष रामदरेश राय यादवको अध्यक्षता, प्रजिअ थानेश्वर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ, भने कार्यक्रम केन्द्र का सचिव सुनिल कुशवाहाले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।