निशुल्क स्वास्थ्य शिविरमा ४३० विरामीहरु स्वास्थ्य परिक्षण गराए

पर्सा, १९ चैत । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
जनसेवा साँझा युवा क्लव र न्यू त्रिलोकी क्लिनिक वीरगञ्जको संयुक्त तत्वाबधानमा शनिवार सखुवा प्रसौनी गापा बस्ने चिरञ्जीवी महतो पोखरीको डिलमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४३० जना महिला, पुरुष तथा बालबालिकाहरुले स्वास्थ्य उपचार गराएका हुन् ।
निशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, नाक, कान, थाइराइ सहितका विरामीहरुलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको न्यू त्रिलोकी क्लिनिकका संचालक श्याम गुप्ताले जानकारी दिए ।
डा शिवकुमार झा, स्त्री रोग विशेषज्ञ डा मिता महर्जन झा, डा आमोद श्रेष्ठ र डा प्रिया प्रियदर्शनी झा सहितको दक्ष चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गरिएको गुप्ताले बताए । गाउँघरका गरिव, असहाय, निमुखा जनताहरु विभिन्न कारण बस उपचार गराउन नसकेको अवस्थामा लक्ष्तिवर्गको घरदैलो मा गएर निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरेर मानविय भावना जगाउने कार्यमा हामी कुनै पनि कसर बाँकी न राख्ने संचालक गुप्ताले तराई टप संग कुरा गर्दै भने ।
आउदो दिनहरुमा यसप्रकारको शिविरहरु संचालन गर्ने स्पष्ट पारे ।