join a zoom meeting online australia - join a zoom meeting online australia how works zoom app zoom q2n 4k windows 10 installation download zoom cloud recordings download zoom app for windows 11 zoom download center windows 10 i would like to download zoom zoom meet and chat app download

६ महिना देखि तलव पाउन नसकेका कर्मचारीद्धारा राजदेवी नपामा ताला लगाइयो

   १९ पुष २०७७, आईतवार १७:४७  

रौतहट, १९ पुस । रौतहटको राजदेवी नगरपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु पछिल्लो ६ महिना देखि तलव भत्ता पाउन नसक्दा आईतवार देखि नगरपालिकाको कार्यालय राजदेवीमा तालाबन्दी गरेर धर्ना प्रदर्शन सुरु गरेको छ ।
चालु आर्थिक बर्षको साउन महिना देखि त्यस नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु, स्वास्थ्य कार्यालयमा कार्यालय कर्मचारीहरु, पशु सेवा लगायतका कर्मचारीहरु तलव भत्ता पाउन नसक्दा उनीहरुलाई घर परिवारको छाक टार्न समेत समस्या उत्पन्न भईरहदा पटक पटक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउदा समेत कुनै सुनवाई नगर्दा बाध्य भई आज देखि धर्ना प्रदर्शनमा उत्रिएको शिक्षक संघर्ष समितिका संयोजक रविशंकर यादवले गुनासो गरेको हो ।
नगरपालिकामा जनप्रतिनिधिहरुको आपसी द्वन्दका कारण हाल सम्म नगरसभा हुन न सकेको हुँदा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट बजेट निकासा नहुँदा कर्मचारीहरु तलव भत्ता पाउन सकेको छैनन् । कोभिडको त्रासदी झेल्दै आएका कर्मचारीहरु बडादशै, दिपावली, छठ जस्तो पर्वमा समेत तलव भत्ता नपाउदा जेनतेन घरपरिवारको व्यवहार ऋण लिएर चलाएको तर तलव भत्ता पाउने कुनै अवस्था नदेख्दा सबै कार्य बन्द गरेर धर्ना प्रदर्शन गर्नु परेको दुखेसो उनले पोखे ।


नियमित रुपमा गर्नुपर्ने नगरअधिवेशन मेयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंहको अपसी कलहका कारण सिंगा नगरपालिकामा कार्यरत कर्मचारी प्रभावित भएपनि स्थानीय प्रशासन देखि लिएर संघिय सरकार समक्ष कुरा राख्दा हाल सम्म कुनै पहलकदमी नहुँदा बाध्य भई कठोर कदम उठाउनु परेको शिक्षक रामविश्वास मुखियाले बताए ।
विगत ६ महिना देखि तलब पाउन बाट बन्चित कर्मचारी लाई आर्थिक समस्या उतपन्न भएको र नगरप्रतिनिधिहरु विच पटक पटक समझौता भए पनि कुनै निस्कर्ष न निस्किदा बाध्यात्मक अवस्था सृजना भएको उनले स्पष्ट पारे ।

नगरप्रमुख धिरेन्द्र सिंहले नगरअधिवेशन गराउन असार १० गते नै सबै तयारी गरिसकेको तर आफनो पक्षमा बहुमत नरहेपछि अन्य पक्षद्धारा बार्गेनिंग गर्ने निहुँमा हाल सम्म अधिवेशन हुन नदिएको आरोप लगाए । कर्मचारीहरुको समस्या चाडै समाधान गर्ने र भोली देखि छलफल गरी उहाँहरुको सबै समस्यालाई सम्बोधन गर्ने शर्तमा नगरपालिकाको कार्यालयमा लगाइएको ताला खुलाएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै