नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्नु हुँदैन ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

   २० चैत्र २०७८, आईतवार १२:३७  

नयाँ दिल्ली । भारत र नेपालबीच जोडिएको अन्तरराष्ट्रिय सिमाना खुला रहेको हुँदा सोको दुरुपयोग गर्न नहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।
भारतको तीन दिवसिय औचारिक भ्रमणमा रहनु भएका नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा सहित प्रतिनिधिमण्ड सम्मिलित दिल्लीमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले उक्त कुरा भएको हो । “हामीले हाम्रो र छिमेकी मुलुकलाई सुरक्षित राख्न खुला सिमामा निगरानी राख्नु पर्ने जरुरी छ, रक्षा र सुरक्षा एजेन्सीहरू बीच नजिकको सहयोग कायम राख्नमा पनि जोड दियौं,” प्रधानमन्त्री मोदीले थपे ।
भारत र नेपालले शनिबार रेलमार्ग र ऊर्जा जस्ता क्षेत्रमा सम्बन्ध विस्तार गर्न चार सम्झौतालाई अन्तिम रूप दिए । भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग हुन नहुने भन्दै प्रधानमन्त्री मोदीले शनिबार दिल्लीमा नेपालका समकक्षी शेरबहादुर देउवाको छेउमा उभिएर दुई देशबीच चार सन्धिलाई अन्तिम रूप दिएको कार्यक्रममा भने । “हामीले भारत र नेपालको खुला सिमानालाई अनावश्यक तत्वहरूले दुरुपयोग गर्न नपरोस् भनेर चाहन्छौं । हामीले हाम्रा रक्षा र सुरक्षा निकायहरू बीचको घनिष्ठ सहयोग कायम राख्नमा पनि जोड दिएका छौं,” प्रधानमन्त्री मोदीले सन् २०२० मा सुरु भएको भारत र चीनबीचको सीमा तनावबारे भने ।
भारत र नेपालले शनिबार रेलमार्ग र ऊर्जा जस्ता क्षेत्रमा सम्बन्ध विस्तार गर्न चार सम्झौतालाई अन्तिम रूप दिए । गत साउनमा पाँचौं पटक प्रधानमन्त्री सम्हाले पछि देउवाको यो पहिलो विदेश भ्रमण हो । “भारत र नेपाल बीचको मैत्रीपूर्ण सम्बन्ध अद्वितीय छ… यस्तो मित्रता विश्वमा कतै देखिँदैन । ऊर्जा सहयोग सम्बन्धी हाम्रो संयुक्त दृष्टिकोण वक्तव्य भविष्यमा सहयोगको खाका साबित हुनेछ,” प्रधानमन्त्री मोदीले भने ।
“आज नेपालका प्रधानमन्त्रीले नयाँ वर्ष मनाउने क्रममा भारत भ्रमण गरेका छन् । भारतसँगको सम्बन्धमा उनले महत्वपूर्ण भूमिका खेलेका छन् । हाम्रो सम्बन्ध ऐतिहासिक समय देखिको छ । हाम्रो साझेदारीको आधार हाम्रा जनताबीचको आपसी सम्बन्ध र आदानप्रदान हो । जुन उनीहरुबीच हुन्छ । यसले हाम्रो सम्बन्धलाई ऊर्जा र बल दिन्छ । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत सधैं दृढ साझेदार रहँदै आएको छ र भविष्यमा पनि रहनेछ ।”
‘नेपालको जलविद्युत विकास योजनामा भारतीय कम्पनीहरुको बृहत्तर सहभागिताको विषयमा पनि हामीले सहमति जनाएका थियौं । नेपालले आफ्नो अतिरिक्त विद्युत भारतमा निकासी गरिरहेकोमा खुसीको कुरा छ । यसले नेपालको आर्थिक उन्नतिमा राम्रो योगदान पु¥याउनेछ’, प्रधानमन्त्री मोदीले भने ।

केन्द्र सरकारको अनुदान सहयोगमा निर्माण भएको ६८.७ किलोमिटरको जयनगर–बिजलपुरा–बर्दिबास रेल लिंकको ३५ किलोमिटर अन्तरदेशीय रेल सेवा, जयनगर–कुर्था खण्ड जुन शनिबार उद्घाटन गरिएको थियो ।
“नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मिलेर काम गर्दैछ । हाम्रो बहुआयामिक साझेदारीमा व्यापक वार्ता एजेन्डामा छ । “परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दमले भने । नेपालको कुल पारवहन व्यापारको ९८ प्रतिशत भारतबाट हुने गरेको र नेपालको कुल व्यापारको ६५ प्रतिशत भारतसँग हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै