ठूलो परिमाणमा लहानमा लागुऔषध सहित २ जना पक्राउ

   २० चैत्र २०७८, आईतवार १३:४४  

सिरहा, २० चैत । सिरहा जिल्लाको लहान नगरपालिकाबाट ठूलो परिमाणमा लागु औषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी र वेश क्याम्प लहानको टोली संयुक्त रुपमा शनिवार राति १० बजेको समयमा लहान नपा २३ का ३० बर्षिय अजय सहनी र बर्ष २७ का शंकर सहनीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको मधेश सशस्त्र प्रदेश प्रहरी मुख्यालयले जनाएको हो ।
विशेष सुराकीको आधारमा खटिएको टोलीले बि आर २३ एडी २६१७ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा पक्राउ परेका दुबै जनाको शरिरबाट नोफिन, डाइजापाम, प्रोमेथेजम इन्जेक्सन ठूलो परिमाणमा बरामद भएको बताइएको छ । संगै रहेका अन्य अर्को मोटरसाइकलमा सबार २ जना व्यक्ति फरार हुन् सफल भएकोहरुको पनि खोजी कार्य जारी रहेको डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
लागु औषध लगायतको अपराधिक गतिविधि माथि अंकुश लगाउन सशस्त्र प्रहरी अहो रात्री खटेर समाजबाट विकृति एवं विसंगतीलाई दुर गर्न लागि परेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै