zoom app jokes alternative for zoom app in india download zoom meeting attendees zoom cloud meeting free download for laptop zoom installation failed error 3000 download join zoom meeting zoom audio not working on laptop

प्रधानमन्त्री देउवालाई बनारसमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे

   २० चैत्र २०७८, आईतवार १४:०१  

नयाँ दिल्ली । भारतको तीन दिने भ्रमणको शिलशिलमा आईतवार प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगे ।
एयर इण्डियाको जहाजबाट उत्तर प्रदेशको बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले विमानस्थलमा स्वागत गरे । बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्री देउवा सँग भेटवार्ता समेत गरेको छ । प्रधानमन्त्री देउवा विभिन्न मन्दीरहरुमा पुजा पश्चात नेपाली धर्मशालामा पनि पुगेको खवर प्राप्त भएको छ ।
तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई भारत भ्रमणको क्रममा भव्य स्वागत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै