पाकिस्तानको प्रधानमन्त्री इमरान खानद्धारा संसद विघटनको सिफारिस

इश्लामावाद । अविस्वासको प्रस्तावको सामना गर्दै आएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष गरेका छन् ।
देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरिसकेको बताएका हुन् ।
प्रधानमन्त्री इमरन खा विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरे खरेपछि संसद विघटनको सिफारिस गरेको बताइएको छ ।
अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको लागि तयारी गर्न निर्देशन दिए । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए । विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागे पछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेर अल्पमतमा परेका थिए ।
अल्पमतमा परेपछि उनलाई राजिनामा दिनुपर्ने दवाव सृजना भईरहेका थिए तर राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आएका उनले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै नदिएनन् । संसदले अविस्वास प्रस्ताव खारेज ग¥यो भने लगत्तै इमरनाले संसद विघटन गरे ।
उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविस्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गरे ।