मौलापुर विकासको गतिमा फड्को मार्दै, के छैनन मौलापुरमा ः मेयर रिनाकुमारी साह

933 Shares

मौलापुर (रौतहट), २० चैत । गाउँ गाउँमा सिंह दरवारको अवधारणा सहित मुलुकमा लागु भएको स्थानीय तह मध्ये रौतहटको मौलापुर नगरपालिका जनताहरु सामु खरो रुपमा उत्रिन सफल भएको छ ।
रौतहट जिल्लाको अति पछाडी परेको क्षेत्रको रुपमा रहेका मौलापुर नगरपालिकाको मेयर पदमा रिनाकुमारी साह निर्वाचित भए देखि नै गरिव, असहाय, सिमान्तकृत वर्गको साथै हरेक समुदायको स्तरलाई माथि उकास्ने कार्यमा हर सम्भव प्रयास गर्दा आज जनताहरुको सपना सकार बनाउन उनी सफल भएकी हुन् ।


आम नागरिकलाई चाहिने आधारभुत आवश्यक्ता मध्ये खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, नाला, विजुली बत्ती, सब स्टेशन, बसपार्क, लैण्डपुलिंग, पिकनिक पार्क, विवाह मण्डप, एकिकृत नमूना वस्ती, महादेव मन्दीर लगायत हरेक क्षेत्रमा रौतहटको १८ वटा पालिकाहरु मध्ये मौलापुर फड्को मार्न सफल भएको छ ।
स्कूले बालबालिकाहरुलाई साइकल वितरण, उच्च शिक्षा हासिल गरेकोलाई आधुनिक परिवेशमा अघि बढ्न ल्यापटप वितरण, गरिव असहायलाई ग्यासचुल्हो वितरण, नगरपालिकाभरीका नागरिकलाई निशुल्क विजुली प्रयोगको साथै स्थानीय वेरोजगार युवाहरुलाई विभिन्न रोजगारीको व्यवस्थापन गराउनमा मौलापुर नगरपालिकाको मेयर श्रीमती साहको योग्यदान अति नै महत्वपूर्ण रहेका छन् ।
प्राचिनकालिन महादेव मन्दीरको जिर्णोधार गरेर बनाइदा प्रत्येक बर्ष धार्मिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ, नेपाली र भारतीय कलाकारहरुद्धारा धार्मिक पर्यटनको शोभा बढाउने गर्दछ । त्यती मात्रै नभई मौलापुर अहिले अन्य पालिकाको तुल्नामा हरेक क्षेत्रमा अब्बल स्थानमा रहेर नगरबासीलाई चाहिने सबै आवश्यक्तहरु पुरा गराउदै आएका छन् ।


मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साह तराई टप अनलाईन संग कुरा गर्दै यसो भनिन, जनताहरु पत्याएर अमूल्य मत दिएको कारण यहाँको मेयर बन्न सफल भयौं, जनताहरुको अटल विश्वासमा कहिल्यै पनि कमी आउन नदिई उनीहरुको चाहना वमोजिम विकास निर्माण गर्नमा बजेट नभएपनि अन्य क्षेत्रबाट ल्याएर यहाँको मुहार अहिले फेरिएको छ । नगरवासीको सकारात्मक सोचको कारण नै मौलापुरमा अभुतपूर्व परिवर्तन भएको जन जनले महसुस गरेको उनले भनिन ।


गरिव असहायको छोरीको विहेमा समेत व्यवस्थापन गरेर उनीहरुको घर बसाउनेमा समेत भुमिका निर्वाह गर्दै आएको हुँदा आउदै गरेको स्थानीय तहको निर्वाचनमा नगरवासीहरु विकास प्रेमीलाई साथ दिई आउदो समयमा अझ परिवर्तन होस देशमै मौलापुर अग्रणी स्थानमा पुर्याउने लक्ष्यका साथ अघि बढेका छौं उक्त कार्यमा नगरवासीहरु विगतकै जस्तो सहयोग गर्नुपर्ने उनले बताइन् ।
मौलापुरमा के छैनन, काठमाडौ सहितका शहरका मानिसहरु यहाँ आएर जग्गामा लगानी गरिरहेको छ, लैण्डपुलिंग पछि यहाँको जग्गाको मुल्य अकाशिएको छ, कौडीको मुल्याँकन रहेको स्थानमा सुन भन्दा महगो भएको कारण सवै संघिय साँसद प्रभु साहको निर्देशन एवं सलाहमा स्थानीयहरुको यथोचित सहयोगको परिणाम आज मौलापुरको पृथक पहिचान बनाउन सफल भएको मेयर श्रीमती साहले स्पष्ट पारिन ।
जनताको इच्छा अकाँक्षा अनुरुप खरो उत्रिने व्यक्तिलाई अमूल्य मत दिई मौलापुरलाई सधै अघि बढाउनुपर्ने उनले नगरवासी संग अपिल गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार