इमरान खानलाई पाकिस्तानको प्रधानमन्त्री पदबाट अधिसूचित गरियो

इश्लामाबाद । पाकिस्तानमा उपत्पन्न गतिरोधलाई आफनो पक्षमा पार्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको गलत क्रियाकलापको कारण उनलाई प्रधानमन्त्री पदबाट पाकिस्तानी क्याबिनेटले हटाएको छ ।
पाकिस्तानको क्याबिनेट डिभिजनले जारी गरेको सर्कुलरमा खानलाई पाकिस्तानको प्रधानमन्त्री पदबाट हटाइएको हो ।
पाकिस्तानी संसदको उपसभामुखले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत गरे लगतै प्रधानमन्त्री खानद्धारा संसद विघटनको सिफारिस गर्दा राष्ट्रपतिले राष्ट्रिय सभा भंग गरेपछि यस्तो अवस्थाको सृजना भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानको संविधानको अनुच्छेद २२४ अनुसार खानले कार्यवाहक प्रधानमन्त्रीको नियुक्ति नभएसम्म १५ दिनसम्म प्रधानमन्त्री बन्न सक्ने छन् ।