भारतको ई–पेमेन्ट प्रणाली “रुपे” नेपालमा पनि लागु हुने

   २१ चैत्र २०७८, सोमबार १३:३७  

नयाँ दिल्ली । भारतको ई–पेमेन्ट प्रणाली “रुपे”लाई सञ्चालन गर्ने नेपाल–भारत विच शनिबार भएको सम्झौता पछि रुपे कार्ड लागु गर्ने विश्वको चौथो देश नेपाल बनेको छ ।
“रुपे” कार्ड भएका अन्य तीन देश भुटान, सिंगापुर र संयुक्त अरब इमिरेट्स हो । भारतको विदेश मन्त्रालयले नेपालमा यो कार्डको सुरुवातले वित्तीय कनेक्टिभिटीमा सहयोगका लागि नयाँ आयाम खोल्ने र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै