क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाउदा ६ जनाको मृत्यु १२ घाइते

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा आइतवार बिहान करिब २ बजे को समयमा धेरै बन्दुकधारीहरूको एक समुहले अन्धाधुन्ध गोली चलाउदा १२ जनको मृत्यु भएको छ ।
विहानको समयमा ५÷६ जना बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाएर ६ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइृते भएको प्रहरीले जनाएको हो ।
तीन पुरुष र तीन महिलाको मृत्यु भएको छ र कम्तिमा चार जनालाई ज्यान जोखिममा रहेको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अधिकारीहरूले कुनै पनि पीडितको पहिचान भएको छैनन् तथा गोली हानेर किन हत्या गरिएको सम्बन्धमा अहिले सम्म कुनै उद्देश्य खुल्न नसकेको हुँदा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।