रौतहट जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नम्वर ५ निवासी श्रीबावुलाल प्रसाद गुप्ता र श्रीमती राधा देवीको दोश्रो सन्तानको रुपमा विक्रम संबत २०३१ साल साउन ६ गते जन्मिनु भएको, विद्यार्थी काल देखि नै राजनितिमा अभिरुची राख्ने भएपनि २०५४ साल देखि नेपाल सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मञ्चबाट आधिकारिक रुपमा राजनीतिक यात्रा सुरु गरेर विभिन्न ठूलठूला पदमा आसिन भई हाल लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाको नगर प्रमुख रहनु भएका अजयकुमार गुप्ता संग तराई टपका संचालक एवं सम्पादक प्रभातकुमार झाले गरेको कुराकानीको संक्षिप्त अंश प्रस्तुत गर्दछु ।
मतदाताहरु संग गरेको प्रतिबद्धता तपाईले पुरा गर्नु भयो त ?
स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएपछि मैले जनताहरुको घर घरमा गएर प्रतिबद्धता जाहेर गरेका थिए, गौरलाई सफा, हरियो, विकसित, सुन्दर गौर नगर बनाउछु, त्यो अनुरुप निर्वाचनमा विजयी भएपछि कार्य सुचारु गरेर धेरै जसो निर्माण कार्य सम्पन्न भएको छ, निर्माणको क्रममा छ, सफा र सुन्दर गौर बनाउने अभियानलाई जारी राखेका छौ, आउदो केही बर्षमा सुन्दर हराभरा, पर्यटनले भरपुर गौर बन्ने छ, जनताको आधारभुत आवश्यक्ताहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गौर नगरपालिकाको विकासमा तपाईको योग्यदान के ?
गौर नगरपालिकाको प्रमुखको हैसियतमा कुर्सीमा बसेदेखि नै अहिले सम्म नगरवासीको सेवामा सदैव ततपर रहेको छु, चाहे विकास निर्माणको कार्य होस, सुशासन, दैनिक कार्य सम्पादनको कार्य किन नहोस, गौरमा रहदा हरेक दिन अनिवार्य रुपमा कार्यालयमा बसेर जनताको गुनासो, म जस्तो जनताको काम सुनिदिने, प्रत्येक जनताहरुको काम गरेको छु, फोन पनि रिसिभ गरेर समस्याहरु समाधान गर्दै आएको छु म जस्तो अरु कुनै नेताहरु फोन रिसिभ गर्दैन होला, जनप्रतिनिधिको हैसितबाट यहाँको नागरिकहरुको समस्या समाधानको लागि निरन्तर रुपमा प्रयत्नशिल रहदै आएको दाबी गरे ।
तपाईको कार्यशैलीबाट नगरवासी सन्तुष्ट छन् त ?
मलाई लाग्छ कि यस नगरपालिकाको सम्पूर्ण नागरिकहरु सन्तुष्ट छ । मेरो व्यवहार, क्रियाकलाप, कामबाट तपाई जहाँ पनि सोध्नुस गौरको मेयर कस्तो छ भन्दा सबैले भन्छ गौरको मेयर सिधा, सरल, शान्त छ सबैको कुरा सुन्ने व्यक्ति छन् ।
२०७४ साल अघिको गौर र अहिलेको गारमा कतिको भिन्नता हेर्नु हुन्छ ?
सडक, नाला, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन स्थल, पर्यावरण, धार्मिक मन्दीर मस्जिद लगायतका भौतिक पूर्वाधार निर्माणमा धेरै भिन्नता आएको छ । पहिलाको भन्दा धेरै सुधार भएको छ ।
साढे ४ बर्ष कार्यकालमा तपाई आफैले मूल्याँकन गर्दा आफूलाई १०० प्रतिशतमा कति नम्वर दिनु हुने छ ?
मेरो कामको मूल्याँकन आफैले नदिई यहाँको नागरिकले दिने हो, त्यो वेला पनि आईसकेको छ, निर्वाचन पनि आईसकेको छ, म आफनो कामबाट पूर्ण रुपमा सन्तुष्ट छु ।
तपाई पून ः निर्वाचित हुनुमा कतिको विश्वस्त हुनुहुुन्छ ?
म आफूलाई जनतामा प्रस्तुत गरिसकेको छ, मलाई कार्यको लागि, मेरो व्यवहारको लागि, यहाँ नागरिकको लागि गर्नुपर्ने सेवाको आधारमा मेरो मूल्याँकन गौरको नागरिकले गर्नेछ, मलाई विश्वास छ, यहाँको नागरिक मलाई पुन ः मतदान गरेर भारी बहुमतले विजय बनाउने छ ।
२०७९ साल बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नागरिक संग तपाईको प्रतिबद्धता के ?
सर्ब प्रथम मैले सुरु गरेका पूर्वाधार विकासका क्षेत्र होस, समाजिक विकासका क्षेत्र होस, आर्थिक विकास क्षेत्रको होस त्यसलाई निरन्तरता दिदै अगाडी बढाउने छु, गौर नगरपालिकालाई पर्यटकिय क्षेत्र, धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्ने योजना छ, त्यो योजनालाई सकार गर्न जे जे गर्नुपर्ने हो त्यो सबै गरेर गौर नगरलाई पर्यटकीय शहरको रुपमा विकसित गर्ने छु ।
गौर नागरवासीलाई सुखी र समृद्ध बनाउने कार्यमा तपाईको योजना के के छ ?
पर्यटन पुर्वाधार सम्मुनत शिक्षित गौरको आधार भन्ने नारा पनि छ, यि सबै माथि फोकस गरेर जब सम्म गौर पूर्ण रुपमा विकसित हुदैन तव सम्म गौरमा सुधार आउदैनन, त्यसैले बरहवा ताल, सुवर्णामाई, बाणेश्वर नाथ, शिवालय मन्दीर पोखरी, सडकहरु चकाचक, हाईटेक विजुलीलाई पुरा गरेर यहाँका युवाहरुलाई रोजगारीमा ल्याउने त्यसको लागि गौर नपा त्यस तर्फ काम गर्दै आएको छ । आउदो तिन बर्ष गौर अत्यन्तै विकसित नगरको रुपमा हुने छ र गौरको भविष्य उज्जवल रहेको हुँदा गौर नगरवासीहरुको ति सपना पुरा गराउने कार्यमा निरन्तर रुपमा लागेको प्रतिबद्धता जनाए ।
अन्तमा गौर नगरवासी संग तपाईको अपेक्षा के राख्नु हुन्छ ?
सम्पूर्ण आदरनिय गौर बासी संग हार्दिक अपिल यो छ कि मैले गरेका सबा ४ बर्षको कार्यकालमा गरेको कामको आधारमा मूल्याँकन गरेर सहि र राम्रो काम गरेको छु, मलाई मत दिई पुन ः निर्वाचित गराउनु गौर नगरको मुहार फेर्नमा साथ दिने हुनेछ भने अपेक्षा साथ हार्दिक अपिल गर्दछु, तपाईको सेवा र काममा सदैप समर्पित राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।