वारा, २३ चैत । चैत महिनाको गर्मी संगै कुखुरामा लाग्ने बर्डफलूको संक्रमण देखा पर्न थालेपछि बारा, पर्सा र धनुषामा उच्च सतर्कता अपनाउनु पर्ने सम्बध निकायले आग्रह गरेको छ ।
कृषि तथा पशुपंछी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण देखा परिरहेको हुँदा मधेश प्रदेशको बारा, पर्सा र धनुषा सहित १३ जिल्लामा उचच सतर्कता अपनाउन कृषकहरु संग आग्रह गरेको हो ।
भारत संग जोडिएको खुला सिमाको कारण भारतीय बजारबाट नेपाल भित्रने कुखुरा, फुल लगायतको कार्यलाई पूर्ण रुपमा रोक लगाउनु पर्ने देखिन्छ । गत माघ ११ गते तराईको सुनसरीमा पहिलो पटक बर्डफ्लूको संक्रमण देखिएको भएपनि अहिले चार वटा प्रदेशको १३ जिल्लामा बर्डफ्लू फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताए ।
प्रदेश नम्वर १ को मोरंग, उदयपुर र सुनसरी वागमती प्रदेको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।
संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपंछीको ओसारपोसार नगर्न र पंछी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।