रौतहट, २३ चैत । नेपाल आयल नियमले पेट्रृोलियम पदार्थमा निकै घाटा भईरहेको र अन्तरराष्ट्रिय बजारमा मूल्य अकाशिदै जाँदा बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजे देखि लागु हुने गरेर पेट्रोल, डिजेल, मटितेलमा प्रतिलिटर रु ५ रुपैया बढाएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको कारण नयाँ दर रेट यसप्रकारको कायम गरिएका छन् ।
पेट्रोल १६०, डिजेल मटितेल १४३ र हवाई इन्धन १५६ प्रतिलिटर कायम गरिएको छ । यस्तै हवाई इन्धन (अन्तरराष्ट्रिय बजार) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तरराष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।
यसैगरी आयल निगमले खाना पकाउने ग्यासको मूल्य पनि २५ रुपैयाँले वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै प्रतिसिलण्डिर ग्याँस १६ सय रुपैयाँ कायम भएको छ ।