च्यारिटी ट्रष्टद्धारा चन्द्रपुरमा रक्तदान कार्यक्रम

   २३ चैत्र २०७८, बुधबार १६:२५  

चन्द्रपुर (रौतहट), २३ चैत । रगतको अभावमा कोही पनि विरामी विचल्लीमा नपरुन भने उद्देश्यका साथ च्यारिटी ट्रष्ट चन्द्रपुरले बुधवार रक्तदान कार्यक्रमको आयोजना गरे ।

च्यारिटि ट्रष्टद्धारा चन्द्रपुर अस्पताल प्रालिको प्राविधिक सहयोगमा अस्पतालकै प्राङ्गणमा गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको हो । रक्तदान जीवनदान हो भन्ने मुलमन्त्र लाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम गरिएको च्यारीटि ट्रष्ट चन्द्रपुरले जनाएको छ ।
ट्रष्टका अध्यक्ष अजय कुमार साहले रगतको अभाबमा कसैले पनि ज्यान गुमाउनु नपरोस मानविय धर्मको लागि रक्तदान कार्यक्रम गरिएको बताए । चन्द्रपुरमा सहकारी लगायत सामाजिक संघ संस्थाले रक्तदानको कार्यक्रम गर्दै आएका छन । ट्रष्टले आयोजना गरेको रक्तदान बाट संकलित रगत चन्द्रपुर अस्पताल प्रालि लाई हस्तान्तरण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै