देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो – रमेश खरेल

385 Shares

प्रेमचन्द्र झा
रौतहट । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा विधिको शासन व्यवस्थाको अभावमा जनताहरु सुशासनको अनुभूती गर्न नसकेको बताउनु भएको छ । रौतहटको मौलापुरमा सुशासन पार्टी जिल्ला समिति रौतहटद्वारा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले म तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साच्चिकै देशमा सुशासन भएको भए प्रभु साह यति खेर जेलमा बस्नु पर्ने व्यक्ति हो, उनले भने ।
हिन्दु संघ बिरगंजको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको दोहर्याउदै उनले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी गरे ।
पुर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा सम्पन्न भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्यासी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कानुनी डायरामा ल्याउनुपर्ने सम्बन्धित निकाय संग जोडदार रुपमा माग गरेको थियो । सो अवसर बिभिन्न पार्टी परित्याग गरि सुशासन पार्टी प्रवेश गर्नेलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार