zoom pc app zoom app for conference calls zoom latest download zoom meeting joining 2015 - zoom meeting joining 2015 zoom meeting app online zoom blur filter download download zoom in my laptop zoom entertainments karaoke download

धनुषामा दलित युवकको शव गहुँको खेतमा फेला

   २३ चैत्र २०७८, बुधबार १७:०९  

जनकपुरधाम, २३ चैत । धनुषाको हंसपुर नगरपालिकामा एक १८ बर्षिय दलित युवक शव फेला परेको छ ।
धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नम्वर ७ का १८ बर्षिय विजय महराको शव हत्या गरेर गहुँ बालीमा फालिएको अवस्थामा बुधवार विहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार युवक महरालाई अज्ञात व्यक्तिहरुले गोली र चाकु प्रहार गरी हत्या गरेको छ । निजको शव सोही नगरपालिका वडा नम्वर ६ स्थित गहुँको खेतमा भेटिएको धनुषा प्रहरीको प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
युवक महरालाई हत्या गरेको आशंका गर्दै डिएसपी बस्नेतले घटनास्थलमा आवश्यक अनुसन्धान जारी राख्दै अज्ञात व्यक्तिहरुको खोजीकार्य तिव्र बनाएको बताए । युवकको शव पोष्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको समेत उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै