hppt //zoom.us/download zoom app installed download zoom room windows zoom install windows 10 64 bit - zoom install windows 10 64 bit zoom software download windows zoom client download for pc - zoom client download for pc why is my zoom audio not working on windows 10 zoom meeting app for pc

करेन्ट लागेर युवकको मृत्यु

   २३ चैत्र २०७८, बुधबार १८:०८  

रौतहट, २३ चैत । रौतहटको परोहा नगरपालिकामा विजुलीको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
परोहा नगरपालिका वडा नम्वर ४ निवासी चन्द्रीका प्रसाद यादवको सोही नगरपालिका वडा नम्वर १ स्थित कालोपत्रे सडक निर्माणको क्रममा करेन्ट लागेर बुधवार दिउसो मृत्यु भएको हो ।
नगरपालिकाद्धारा कालोपत्रे काम भईरहेको स्थानमा सुपरभाइजरको रुपमा कार्यरत यादव टिपरलाई छोएपछि त्यसमा प्रवाहित भएको करेन्टको कारण निजको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मृतक युवकको शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाइएको छ भने घटनाको आवश्यक अनुसन्धान भईरहेको इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै