मलंगवामा गोली चल्यो

सर्लाही, २३ चैत – सर्लाही सदरमुकाम मलंगवामा बुधवार राति अज्ञात समुहले चलाएको गाेली लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।
बुधबार राति साँढे ७ ४० मिनेटमा मलंगवा नगरपालिका-९, कृष्णा मति माविकाे कम्पाउण्ड को पूर्व रिङराेड नजिक अज्ञात समुहको गाेली लागेर घाईते अवस्थामा युवक फेला परेकाे युवक भारत सितामढी विसुनपुरका ३५ बर्षिय इन्दल महतोको प्रादेशिक अस्पताल मलंगवा मा मृत्य भएको छ ।
घटनाबारे अनुसन्धान भईरहेकाे उल्लेख गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले घाईतेकाे पहिचान खुलिनसकेकाे र गाेली कसले चलायाे भन्ने विवरण नआईसकेकाे जानकारी दिए ।
तर सितामढी जिल्ला विसुनपुर निवासी बर्ष ३५ को ईन्दल महतो को रुपमा समाजिक संजालमा नाम आईरहेछ तर सर्लाही प्रहरीले पुष्टि गरेको छैन । मृतक व्यक्तिको कोखा र हातमा गरि २ वटा गोलि लागको प्रहरीले भने । मृतकको सनाखत नभएको हुदा तिनको नाम नखुलेको सर्लाही प्रहरीले जनाएको छ ।