राउत सर्लाहीको विभिन्न पालिकामा कार्यकर्तासंग भेटघाट गर्दै

495 Shares

निकम साह
सर्लाही, २४ चैत । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले सर्लाहीका ४ वटा पालिकामा मंगलबार जनमत पार्टी का नेता कार्यकर्तासँग भेटघाट गरेका छन् ।

अध्यक्ष राउतले अउदो बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको पक्षमा मतदाताहरुलाई मतदान गर्न कार्यकर्ताहरु साक्रिय हुन निर्देशन दिए ।
राउतले जिल्लाको दक्षिण–पूर्वी भागमा पर्ने हरिपूवा नगरपालिका र ब्रम्हपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकाको विभिन्न वडाहरुमा पुगी आफ्नो कार्यकर्ता र शुभेच्कहरुसँग भेटघाट सहित सम्बोधन समेत गरेका छन् ।

राष्ट्रिय अध्यक्ष राउत सँगै पार्टीका जिल्ला अध्यक्ष जवाहार राय यादव, जिल्ला कोषाध्यक्ष वीरेन्द्र साह लगायत जिल्लाका नेताहरुको सहभागिता थियो हुलाकी राजमार्ग हुँदै पूर्वी नाका संग्रामपुरबाट मध्यान्ह सर्लाही प्रवेश गरेका राउत पर्सा, ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिका हुँदै हरिपूर्वा नगरपालिकाको विभिन्न स्थानमा यात्रा गदै साझ महोत्तरी फर्किएको जनमत पार्टीका जिल्लाको कोषाध्यक्ष वीरेन्द्र साहले जानकारी दिए ।

पालिकाहरुमा साहको अनुसार बाँकी केही दिनपछि केन्द्रीय अध्यक्ष राउतले प्रमुख आतिथ्तामा जनमत माटोको यात्रा कार्यक्रम गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार