दुर्गा भगवती गाउँपालिकाद्धारा समता रणनिती कार्यक्रम अन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण कार्य सुरु

रौतहट, २० पुस । रौतहटको दुर्गा भगवती गाउँपालिका अन्तर्गत रहेका १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ देखि ५ कक्षा सम्मको विद्यार्थीहरुलाई “समता रणनिती कार्यक्रम” बाट शैक्षिक सामग्रीरु हस्तान्तरण गरिएका छन् ।
दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा आयोजित विशेष कार्यक्रममा पालिका अन्तर्गतका १७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादवले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कोभिडको महामारीका कारण प्रभावित भएको हुँदा गत आर्थिक बर्ष २०७६÷०७७ को “समता रणनिती कार्यक्रम” र पालिकाको सहयोगमा शैक्षिक सामग्रीहरु खरिद गरिएर आज एक कार्यक्रमको विच उक्त सामग्रीहरु विद्यार्थीहरुलाई वितरण गरिएको दुर्गा भगवती गाउँपालिका गंगापिपराले जनाएको छ ।
समन्वय समितिका सभापति रामएकवाल राय यादवले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालयमा आउने वातावरण सृजना होस भने उद्देश्यका साथ संघिय सरकारको शिक्षा मन्त्रालयद्धारा विशेष कार्यक्रम मार्फत उपलब्ध भएका रकमबाट शैक्षिक सामग्रीहरु खरिद भएपनि कोभिडको कारण वितरण हुन नपाएपनि उक्त कार्यलाई ढिलै भएपनि अहिले वितरण गरिएकोमा खुशी व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारद्धारा घोषित कार्यक्रम अनुसार सबैको लागि अनिवार्य शिक्षा नाराको साथ हरेक मानिसको शिक्षामा पहुँच भने उद्देश्यका साथ समता रणनिती कार्यक्रम लागु गरेको छ । हरेक बालबालिकालाई विद्यालयमा पहुँच सहज एवं सरल बनाउनका लागि पोशाक, ब्याग, कपी, पेन्सील सहितका शैक्षिक सामग्री सहितको छात्रवृति उपलब्ध गराउने गरेको बताए ।
बाल मजदुरीबाट टाढा रहनु तथा विद्यालय शिक्षामा जोड दिई सबैलाई साक्षर बनाउने, विद्यालय बाहिरका कृयाकलापलाई समाप्त पारी एकल उद्देश्य अध्ययन अध्यापनमा जोड दिनु रहेको हुँदा अभिभावहरु जिम्मेवार भई आफना बालबालिकाहरुको भविष्य उज्जवल बनाउनका लागि अनिवार्य शिक्षा दिलाउनु पर्ने रहेको उलने प्रष्ट पारे ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्णप्रसाद यादवले सबैलाई अनिवार्य शिक्षा अभियानलाई प्रभावकारी बनाउनका लागि शुन्य देखि ५ कक्षा सम्मका बालबालिकाहरुलाई पहिलो चरणमा वितरण भईरहेको शैक्षिक सामग्रीहरुबाट विद्यालयमा जान झन् अग्रसर बनाउने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष अरुणकुमार साहले पालिका अन्तर्गत प्राथमिक विद्यालय, आधारभुत विद्यालय र माध्यमिक गरी १७ विद्यालयमा अध्ययनरत रहेका करिव ४५ सय छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्न समता रणनिती कार्यक्रमबाट बजेट अपुग भएपछि पालिकाबाट बजेट विनियोजन गरेर पहिलो चरणमा ३ हजार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिने लक्ष्यका साथ कार्यक्रम आजबाट सुरु गरिएको स्पष्ट पारे ।
सबै बालबालिकाहरुलाई कोभिडको कारण यहाँबाट वितरण गर्न नसकिने तर सम्बन्धित विद्यालयबाटै भोली देखि वितरण हुने जानकारी दिदै दोश्रो चरणमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्राहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको उपाध्यक्ष श्रीमती मंजु देवी झा, वडाध्यक्षहरु सुरेश चौधरी, धर्मेन्द्रकुमार झा, रामबाबु यादव, धर्मनाथ चौधरी, मिनित्त प्रमुख प्रशासकीय अधिकृत जगत साह, सरस्वती मावीका प्रअ तेजनारायण साह, पूवं प्रअ रबीन्द्र झा, राजु साह, सहितका १७ वटै सामुदायिक विद्यालयका प्रअ सहित सयौं छात्रछात्राहरुको उपस्थिति रहेको थियो । पालिका प्रमुख साह र उपप्रमुख मंजु देवी झाले कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथि सहित प्रअहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो दिएर सम्मानित गरिएको दुर्गा भगवती गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृत जगत साहले जानकारी दिए ।