प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालको लागि वरदान सावित भइसहेको छ ।
नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको सौभाग्य प्राप्त भएको हो ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएका छन् ।
यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।
नेपालले मर्स्याङ्दी (६७ मेगावाट ), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२२ मेगावाट), देवीघाट (१४ मेगावाट) कालीगण्डकी ए (१४० मेगावाट) र लिखु (५१ मेगावाट) बराबर बिजुली भारतीय बजारमा बेच्न स्वीकृति पाएको हो ।