भारतीय सहयोगमा दार्चुला र धादिङमा स्वास्थ्य चौकी, विद्यालय र सिँचाइको काम हुने

280 Shares

“
काठमाडौ । भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माण हुने भएको छ ।
भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग मा दुई जिल्लामा स्वास्थ्य चौकी भवन र विद्यालय भवन बन्ने निश्चित भएको हो ।
दुई जिल्लाका स्थानीय तह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूताबास बीच सहयोगसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

‘जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं दुहु गाउँपालिका दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो,’ भारतीय राजदूताबासद्धारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत यी संरचना निर्माण हुन लागेका हुन् । दुवै सामुदायिक विकास परियोजनाहरूको कूल अनुमानित लागत ७ करोड ८ लाख रुपैयाँ रहेको छ । जसअनुसार जनविकास माविलाई ३ करोड ३७ लाख, इरकोट स्वास्थ्य चौकी भवनलाई २ करोड ५३ लाख तथा महेशफाँट सिँचाइ परियोजनाका लागि लागतमा इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनालाई १ करोड १७ लाख रुपैयाँ प्रदान हुने भारतीय राजदूतावासले जनाएको छ ।

‘यी परियोजनाहरूको निर्माणले स्थानीय बासिन्दाहरूलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरूलाई मद्दत गर्नेछ,’ भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘यसबाट स्थानीयलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरूको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।’
भारतले तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाहरूको निर्माण लगायतका लागि २०६० सालयता ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । यीमध्ये ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेका छन् । ‘दार्चुलामा ६ वटा परियोजना सहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ भने धादिङ जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ,’ भारतीय राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।