रौतहट । साल्ट कर्पोरेशन लिमिटेड र भारतको इण्डियन पोटास लिमिटेड (आइपिएल) ले नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको विषयमा संयुक्त राष्ट्रिय गोष्ठीको आयोजना गरेका छन् । नेपाल र भारतमा कृषि सामग्री खासगरी रासायनिक मलको आपूर्ति र अनुदानको अवस्थाको बारेमा छलफल गर्नका लागि यो गोष्ठीको आयोजना गरेको साल्ट कर्पोरेशन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारीले बताए ।
दुई दिनसम्म चल्ने सो गोष्ठीमा नेपाल, भारतलगायत विश्वभर रासायनिक मलको अवस्था के छ, भारतमा मलमा अनुदान कसरी दिएको छ, नेपालमा माटोको अवस्था के छ, प्रदेशस्तरमा कृषिको माग र आपूर्तिको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा छलफल हुने उनले बताए ।
गोष्ठीको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले रासायनिक मलमा नेपाल परनिर्भर रहेको भन्दै हालसम्म आयात गरेर नै किसानको माग पुरा गरिरहेको बताए । नेपालले भारतलगायत अन्य मुलुकबाट टेण्डर तथा जीटुजीको माध्यमबाट नेपाल आयात गरी किसान समक्ष पुर्याउने गरेको उनले उल्लेख गरे ।
उनले नेपाली किसानलाई समयमा मल उपलब्ध गराउनका लागि सरकारले विभिन्न नीति निर्माणदेखि लिएर अन्य विषयमा पहल गरिरहेको बताए ।
सोही मन्त्रालयका पशुपन्छीतर्फका सचिव निरु दाहालले माटो परीक्षण गरी मल कम प्रयोग गर्ने किसान कम देखिएको बताइन् । माटोको सुहाउँदा गुण अनुसार मल प्रयोग गरे उत्पादनदेखि हरेक क्षेत्रमा फाइदा हुने उनको भनाइ छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन